भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

पत्रकार आस्थाद्वारा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

पत्रकार आस्थाद्वारा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

गण्डकी, । वरिष्ठ सञ्चारकर्मी एमबी आस्था मगरले आफ्ना छोरा शालीन घर्ती मगरको जन्मदिनका अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग गर्नुभएको छ । पोखरा–१४ बाच्छेवुडुवामा अवस्थित वात्सायन वृद्धाश्रममा हाल १६ वृद्धा आश्रित छन् । उक्त अवसरमा कालिका गण पोखराका गणपति प्रहरी उपरीक्षक जनक बस्नेतले वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई सहयोग गर्नु सबैको दायित्व भएको र आगामी दिनमा आफ्नोतर्फबाटसमेत सहयोग गर्ने जानकारी दिए ।

वृद्धाश्रमका संस्थापक अध्यक्ष गोकर्ण कार्कीले हालसम्म सरकारी सहयोग नपाएको र विभिन्न व्यक्तिको सहयोगबाट नै वृद्धाश्रम सञ्चालन भइरहेको जानकारी दिए । विशेषगरी पछिल्लो समय वृद्धाश्रममा जन्मदिन मनाउने बढी मात्रामा आउने गरेको जनाउँदै उहाँले वृद्धाश्रममा सहयोग गर्ने दाताकै कारण वृद्धाश्रममा केही कुराको कमी नरहेको बताए । सञ्चारकर्मी एमबी आस्थाले अहिले विभिन्न क्लब तथा रेष्टुरेण्टमा गएर जन्मदिन मनाउने प्रचलन बढ्दो मात्रामा रहेको र यस्ता फजुल खर्चलाई केही भए पनि सामाजिककार्यमा लगाउन सके पुण्य प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

उक्त अवसरमा वृद्धाश्रमका अध्यक्ष वोधराज कार्की, उपाध्यक्ष रेशम जिसी, सचिव ललित बानियाँलगायतले समाजसेवामा जुट्न आह्वान गर्नुभएको थियो । यसैबीच समाजसेवी टीकाकुमारी गुरुङले आफ्नो जन्मदिनका अवसरमा वृद्धाश्रमलाई रु १० हजार १०० प्रदान गर्नुभएको छ । उक्त रकम वृद्धाश्रमका अध्यक्ष कार्कीलाई उनका पति मुनेश थापासहित गुरुङले हस्तान्तरण गर्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.