भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

पत्रकार महिलाका लागि कानूनी सचेतना तालीम

पत्रकार महिलाका लागि कानूनी सचेतना तालीम

लुम्बिनी । पत्रकार महिलाका लागि कानूनी सचेतना तालीम आजदेखि बुटवलमा शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजना र सञ्चारिका समूह जिल्ला शाखाको समन्वयमा भएको तालीमको आज उद्घाटन कार्यक्रममा उपप्रमुख गुमादेवी आचार्यले कानुको अनविज्ञता क्षम्य नहुने भएकाले सबैलाई सचेत बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले उपमहानगरलाई समृद्ध बनाउन पूर्वाधार निर्माणसँगै भौतिक विकास आवश्यक हुने भएकाले पत्रकारलाई सचेत बनाउँदा समाजमा सही सूचना जाने उल्लेख गर्नुभयो । स्थानीय सरकार र नागरिकबीच पुलको काम गर्ने भएकाले पत्रकार धेरै विषयमा जानकार हुनुपर्ने उहाँको भनाइ छ ।

सामाजिक महाशाखा प्रमुख तुल्सा अर्यालले कुनै पनि विषय कानूनभन्दा बहिर नहुने भएकाले यो विषयमा सचेतना आवश्यक रहेको बताउनुभयो । तालीममा जिल्लाभरका ३७ पत्रकार महिलाको सहभागिता रहेको सञ्चारिका समूहका अध्यक्ष निरु गौतमले जानकारी दिनुभयो । दुई दिनसम्म चल्ने तालीममा उच्च सरकारी वकिल कार्यालय बुटवलका सहन्यायाधिवक्ता मोहन सागर बस्याल, कानून सचीव राजेन्द्र थापा र कानून मस्यौदा तथा सुझाव कार्यदलका सदस्य खुमकान्त पौडेलले नेपालका ऐन कानूनमा भएका व्यवस्था, स्थानीय सरकारका काम कर्तव्य अधिकार, मुलुकी देवानी संहितालगायतका विषयमा प्रशिक्षण दिनु हुनेछ । रासस

 


Thali Mobile Pvt.Ltd.