भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पर्ख र हेरको रणनीनिमा कांग्रेस, सडक संघर्षमा जान पौडेलको दबाब

पर्ख र हेरको रणनीनिमा कांग्रेस, सडक संघर्षमा जान पौडेलको दबाब

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। प्रतिनिधिसभा विघटनपछि सडक संघर्ष कि चुनाव भन्नेमा विभाजित देखिएको कांग्रेसमा रामचन्द्र पौडेल पक्षधरले सडक संघर्ष गर्ने दबाब पनि दिएको छ ।

तर, सभापति शेरवहादुर देउवा पक्ष भने सर्वोच्च अदालतमा विचाराधिक उक्त मुद्दाको छिनोफानो भएपछि मात्रै नयाँ रणनीति बनाउन पर्ख र हेरको अवस्थामा रहेको तयारीमा छ । प्रतिनिधिसभा विघटन गरेपछि पुस १० मा स्थगित गरिएको बैठक आज फेरि बस्न लागेको काँग्रेसले जनाएको छ ।

दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्दैछ । संसद व्यूतिए सरकारमा जाने विघटन भए गठबन्धन चुनावमा जाने विषयमा देउवा र ओलीबीच समझदारी भएको छ । ओलीप्रति नरम बनेको देउवा पक्ष औपचारिकताका लागि मात्र पुस १३ मा विरोध प्रदर्शन गरेको बताइएको छ । यता प्रचण्ड – नेपाल समूहले एक महिनाको एकल आन्दोलन घोषणा गरिसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.