भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

छत्रकोटले ल्यायो कृषक पेन्सन कार्यक्रम

छत्रकोटले ल्यायो कृषक पेन्सन कार्यक्रम

तम्घास । कृषि र कृषिजन्य वस्तुको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्नका लागि गुल्मीको छत्रकोट गाउँपालिकाले कृषकलाई पेन्सन कार्यक्रम शुरु गर्ने भएको छ । गाउँपालिकाले व्यावसायिक एवं प्रतिस्पर्धात्मक कृषि प्रणालीद्वारा उच्च एवं दिगो आर्थिक विकास हासिल गरी खाद्य सुरक्षा तथा गरिबी निवारणमा योगदान गर्दै समृद्ध कृषक बनाउने उद्देश्यले कृषकलाई पेन्सन दिन लागेको हो । जसका लागि नवौँ गाउँसभाबाट ‘कृषक पेन्सन ९कृषक प्रोत्साहन० कार्यक्रम सञ्चालन कार्यविधि’ २०७७ पारित गरिएको छ ।

कृषिमा यान्त्रीकरणको प्रयोगबाट उत्पादन एवं उत्पादकत्व बढाउने, व्यावसायिक कृषि प्रणालीबाट प्रतिस्पर्धात्मक क्षमता बढाउने, प्राविधिक स्रोत, वातावरण र जैविक विविधताको संरक्षण संवद्र्धन एवं सदुपयोग गर्ने र छत्रकोट गाउँपालिकालाई कृषि र पशु क्षेत्रको उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले कृषकलाई पेन्सन दिन लागिएको गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्थले जानकारी दिनुभयो । गाउँपालिकाले पेन्सन पाउने कृषकलाई तीन वर्गमा विभाजन गरेको छ । ‘क’ वर्गको कृषकलाई हरियो, ‘ख’ वर्गको कृषकलाई निलो र ‘ग’ वर्गको कृषकलाई पहेँलो परिचयपत्र दिने योजना छ । कृषकले वर्गअनुसार पेन्सन प्राप्त गर्नेछन् ।

गाउँपालिकाले अहिले डाटा सङ्कलन गरिरहेको र वास्तविक कृषक पहिचानपछि कार्यविधि संशोधन गरेर वर्गअनुसार पेन्सन तोक्ने गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारीले बताउनुभयो । कार्यविधिमा गाउँपालिका अध्यक्ष संयोजक रहेको पाँच सदस्यीय पेन्सन छनोट समिति र उपाध्यक्षको संयोजकत्वमा चार सदस्यीय अनुगमन समितिको पनि व्यवस्था गरिएको छ । कार्यविधिअनुसार पशुपक्षीको हकमा ‘क’ वर्गको लागि व्यक्ति वा व्यावसायिक फार्ममा गाईभैँसी पाँच माउ, बाख्रा २५ माउ, बङ्गुर १० माउ, कुखुरा ब्रोइलर प्रजाति ५००, मौरीसहित मौरी घार २० र टर्की १००, स्थानीय हाँस २५० हुनुपर्नेछ ।

कृषितर्फ ‘क’ वर्ग हुनका लागि कागतीरसुन्तलारअमिलोरआँपरलिची जातका १०० बोट, उत्पादन दिने तरकारी टनेल १०, च्याउ घर टनेल ५, बिजवृद्धि पाँच रोपनी, कफी पाँच रोपनी, उखु १० रोपनी, खाद्यान्न २५ रोपनी र केरा भुँइकटहर प्रजाति १ हजार बोट हुनुपर्ने व्यावस्था कार्यविधिमा बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारीले जानकारी दिनुभयो । पशुपक्षी हकमा ‘ख’ वर्गको लागि गाईभैँसी चार माउ, बाख्रा १५ माउ, बङ्गुर सात माउ, ब्रोइलर कुखुरा प्रजाति ३००, मौरीसहित मौरी घार १५, टर्की ७५ र स्थानीय हाँस १५० हुनुपर्नेछ ।

त्यस्तै कृषिको हकमा ‘ख’ वर्गका लागि उत्पादन दिने कागतीरसुन्तलारअमिलोरआँपरलिची जातका ७० बोट, उत्पादन दिने तरकारी टनेल सात, च्याउ घर टनेल तीन, बिजवृद्धि तीन रोपनी, कफी तीन रोपनी, उखु सात रोपनी, खाद्यान्न २० रोपनी र केरा, भुँइकटहर प्रजाति ७०० बोट आवश्यक पर्ने प्रशासकीय अधिकृत भण्डारीले बताउनुभयो ।

गाईभँैसी तीन माउ, बाख्रा १० माउ, बङ्गुर पाँच माउ, ब्रोइलर कुखुरा प्रजाति २००, मौरीसहित मौरी घार १०, टर्की ५० र स्थानीय हाँस १०० भएका पशुपक्षीको हकमा ‘ग’ वर्गमा पर्नेछन् भने कृषिको हकमा ‘ग’ वर्गका लागि उत्पादन दिने कागतीरसुन्तलारअमिलोरआँपरलिची जातका ५० बोट, उत्पादन दिने तरकारी टनेल पाँच, च्याउ घर टनेल दुई, बिजवृद्धि दुई रोपनी, कफी दुई रोपनी, उखु दुई रोपनी, खाद्यान्न पाँच रोपनी र केरा भँुइकटहर प्रजाति ५०० बोट हुनुपर्ने गाउँपालिकाले जनाएको छ । कृषकलाई पेन्सन दिने योजना बनाउने छत्रकोट गाउँपालिका गुल्मीमा पहिलो हो । तम्घास

 


Thali Mobile Pvt.Ltd.