भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

पर्वतका सबै तहमा मतगणना सुरु

पर्वतका सबै तहमा मतगणना सुरु

पर्वत । पर्वतमा सातवटै स्थानीय तहमा मतगणना भइरहेको छ । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत सातवटै पालिकामा मतगणना सुरु भैसकेका हुन् ।पर्वतका जलजला गाउँपालिका र पैँयू गाउँपालिकामा गएरातिदेखिनै पर्वत । मतगणना सुरु भएको थियो भने बाँकी ५ स्थानीय तहमा पनि आज दिउँसोदेखि सुरु भएको हो । पर्वतमा ६५ दशमलब ३८ प्रतिशत मत खसेको थियो । जिल्लाका सातवटै स्थानीय तहमा गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा रहेको छ ।

अहिलेसम्म जलजला गाउँपालिका–१ बाँसखर्कको मात्र नतिजा सार्वजनिक भएको छ । जसमा एमालेका जगबहादुर रोका वडाध्यक्षमा बिजयी हुनुभएको छ । पछिल्लो परिणामअनुसार जलजलाको अध्यक्षमा नेकपा एमालेको अग्रता कायमै रहेको छ, भने पैँयू गाउँपालिकामा कांग्रेसका उम्मेदवारका रहेको छ । उपाध्यक्षमा भने एमालेको यामकुमारी रानाको अग्रता रहेको छ ।

महाशिला गाउँपालिकामा पनि दिउँसो १ बजेदेखि मतगणना सुरु भएको हो । सदरमुकाम कुश्मा नगरमा मतगणना भर्खरै सुरु मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले जानकारी दिनुभयो ।उता फलेवास नगरपालिकामा पनि वडा नं १ कार्कीनेटा र वडा नंं ११ पाङराङको मतगणना सुरु भएको छ । दुवै नगरमा मतपरिणाम सार्वजनिक भइसकेको छैन ।

 


Thali Mobile Pvt.Ltd.