भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

नौ महिनापछि भोटेकोशीको बञ्जीे सञ्चालन

नौ महिनापछि भोटेकोशीको बञ्जीे सञ्चालन

सिन्धसपाल्चोक । कोरोना भाइरसका कारण चैतदेखि बन्द भएको सिन्धुपाल्चोकको भोटेकोशीको बञ्जी जम्प नौ महिनापछि पुनः सञ्चालनमा आएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सञ्चालनमा ल्याइएको बञ्जी जम्पमा हाल दैनिक चारदेखि १५ जनासम्मले बञ्जी गर्ने दी लास्ट रिसोर्ट एडभेन्चर प्रालिका व्यवस्थापक कुमार राउतले बताउनुभयो । विसं २०५६ देखि सञ्चालित १६० मिटरको उक्त बञ्जी जम्प रोमाञ्चकका दृष्टिकोणले उत्कृष्ट मानिन्छ । देशमा बन्दाबन्दी लागू हुनुअघि स्वदेशी र विदेशीसहित दैनिक १०० जनासम्म आउने गरेकामा भर्खरमात्र सञ्चालनमा आएकाले क्रमशः पर्यटकहरु आउने अपेक्षा गरिएको व्यवस्थापक राउतले स्पष्ट गर्नुभयो ।

बञ्जीका लागि युवायुवती बढी आकर्षित हुने र प्रहरी अधिकृत तालीममा सहभागीलाई पनि अनिवार्य रुपमा समावेश गरिएको बताइएको छ । बञ्जीका लागि स्वदेशीलाई रु छ हजार र विदेशीलाई नौ हजार २०० दस्तुर लिने गरिएको छ । बञ्जीका साथै रोमाञ्चक सुइङ पनि सञ्चालनमा आएको छ । चीनसँगको प्रमुख व्यापारिक तातोपानी नाका निरन्तररुपमा सञ्चालनमा आए तिब्बतको मानसरोवर जाने भारतीय तीर्थ यात्री नाका हँुदै जाने भएकाले बाह्य र आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुने प्रचुर सम्भावना रहेको छ ।

नेपालका राष्ट्रिय विभूति वास्तुविद् अरनिको १३औँ शताब्दिमा चीन जाँदा बञ्जीभन्दा माथि रहेको भोटेकोशी गाउँपालिका–५ स्थित त्याङथलीमा बास बसेका थिए । तामाङ जातिको बाहुल्यता रहेको उक्त गाउँमा बास बसेपछि त्याङथली नाम राखेको थिए । तामाङ भाषामा त्याङथलीको अर्थ चोटा हुने र भोटेकोशीमाथि पर्ने हुँदा त्याङथली नाम राखेको स्थानीयवासीको भनाइ रहेको छ । अरनिको बास बसेको उक्त ऐतिहासिक स्थानको भौगोलिक तथा पर्यटकीय सम्भावनाका बारेमा निजीस्तरमा अनुसन्धानमा लागिपरेको अरनिको पाहुना घरको प्रबन्धकसमेत रहेको राउतले जानकारी दिनुभयो ।
रासस

 


Thali Mobile Pvt.Ltd.