भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाण्डौ । पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना आइतबार रहेको छ । काठमाण्डौसहित पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन ।

नेपालमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायु तथा भारतमा बनेको न्यून चापीय क्षेत्र र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको प्रभाव परेको छ । यसैको प्रभावका कारण अहिले कोशी प्रदेशका धेरैजसो ठाउँको मौसम बदली भएको छ भने बाग्मती र गण्डकी प्रदेशको मौसम आंशिक बदली छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेस प्रदेशमा भने यो प्रणालीको असर परेको छैन । यी प्रदेशको मौसम सामान्यतया सफा छ । तराईका जिल्लामा भने पानी पर्ने सम्भावना छैन । तराईमा दिउँसोपछि हावाहुरी चल्ने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.