भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाण्डौ । पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना आइतबार रहेको छ । काठमाण्डौसहित पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन ।

नेपालमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायु तथा भारतमा बनेको न्यून चापीय क्षेत्र र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको प्रभाव परेको छ । यसैको प्रभावका कारण अहिले कोशी प्रदेशका धेरैजसो ठाउँको मौसम बदली भएको छ भने बाग्मती र गण्डकी प्रदेशको मौसम आंशिक बदली छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेस प्रदेशमा भने यो प्रणालीको असर परेको छैन । यी प्रदेशको मौसम सामान्यतया सफा छ । तराईका जिल्लामा भने पानी पर्ने सम्भावना छैन । तराईमा दिउँसोपछि हावाहुरी चल्ने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.