भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पहिरोको उच्च जोखिममा १० घरघुरी

पहिरोको उच्च जोखिममा १० घरघुरी

म्याग्दी । रघुगङ्गा गाउँपालिका–४ दग्नामको राम्कुलीबोटमा पहिरो जाँदा १० घरधुरी उच्च जोखिममा परेका छन् । बस्ती माथिबाट खसेको पहिरोका कारण बस्ती नै जोखिम परेको हो । सिरानमा नै पहिरो आएका कारणले गाउँ नै जोखिममा परेको स्थानीयवासीको भनाइ छ ।

भिरालो जमिन, कमजोर भूबनोट र बलैटे माटोका कारण बस्ती आसपासबाट खसेको पहिरोले खेतीयोग्य जमिन समेत पुरेको छ । पहिरोका कारण कृष्ण गुर्बजा, लालप्रसाद गर्बुजा, शिव गर्बुजा, डम्बर गर्बुजा, खड्क गर्बुजा, खविर तिलिजा, चन्द्र शेरपुञ्जा, केआइसिङ गर्बुजा र रनबहादुर गर्बुजाको घर उच्च जोखिममा परेको जनता माविका प्रधानाध्यापक गुन पुनले बताए ।

 


Thali Mobile Pvt.Ltd.