भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान रिहा भएपनि घर जान नपाउने अदालतको आदेश

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान रिहा भएपनि घर जान नपाउने अदालतको आदेश

एजेन्सी । बिहीबार पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान रिहा भएका छन् । गत मंगलबार इस्लामावाद उच्च अदालत अगाडि गिफ्तार गरिएको थियो । बिहीबार पाकिस्तानको सर्वोच्च अदालतमा ३ जना न्यायाधीशको संयुक्त इजलासले पूर्वप्रधानमन्त्री खानलाई रिहा गर्न आदेश जारी गरेको थियो । रिहा भएपछि उनी शुक्रबार अल कादिर ट्रस्ट प्रकरणका लागि इस्लामावाद उच्च अदालत उपस्थित हुने जनाइएको छ ।

प्रधानन्यायाधीश उमर अता बन्दियालको नेतृत्वमा रहेको उक्त इजलासले उनको गिरफ्तारीलाई अमान्य र कानूनसम्मत नभएको बताएको छ । पूर्वप्रधानमन्त्री खानले अदालतमा आफूलाई इस्लामावाद भन्दा बाहिर रहेको आफ्नो फार्म हाउसमा फर्किनका लागि स्वीकृति दिन आग्रह गरेका थिए । आदेशपछि खान सर्वोच्च अदालतको हिरासतमा रहने र आफ्ना नजिकका आफन्तहरूसँग मात्र भेट्न सक्ने जनाएको छ ।

पूर्वप्रधानमन्त्री खान पक्राउ परेपछि पाकिस्तानका विभिन्न शहरहरूमा प्रदर्शन चर्किएको थियो । आदेशमा शुक्रबार खान उच्च अदालतमा उपस्थित नहुन्जेल कडा सुरक्षा प्रदान गर्न समेत आदेश दिएको छ । बिहीबार अल कादिर ट्रस्ट प्रकरणमा नेसनल अकाउन्टिबिलिटी ब्युरोले गरेको गिरफ्तारीलाई अदालतले अमान्य भएको बताएको छ । उनलाई रिहा गरे पनि घर जान नपाउने अदालतको आदेशमा उल्लेख गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.