भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

पाकिस्तानको बाढीमा परी एक हजार सात सयको मृत्यु

पाकिस्तानको बाढीमा परी एक हजार सात सयको मृत्यु

इस्लामावाद, । पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार सात सय पुगेको छ । यस प्रकोपको कारण पाकिस्तानमा १२ हजार आठ सय ६७ घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण एनडिएमए ले बिहीबार राति जनाएको छ ।

एनडिएमएले जारी गरेको प्रतिवेदनअनुसार देशमा छुट्टाछुट्टै वर्षा वा बाढीजन्य दुर्घटनामा ज्यान गुमाउनेमा छ सय ३२ बालबालिका र तीन सय ४० महिला रहेका छन् । देशको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्रका रुपमा रहेको छ ।

यहाँ सात सय ६३ व्यक्तिको मृत्यु भएको थियो । त्यसपछि दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा तीन सय ३६ जनाको मृत्यु भएको छ । उत्तरपश्चिम खैबर पख्तुनख्वा र पूर्वी पञ्जाब प्रान्तमा क्रमशः तीन सय आठ र दुई सय २१ जनाको मृत्यु भएको थियो ।

साथै, वर्षाका कारण देशभर २० लाख ४८ हजार सात ८९ घर ध्वस्त भएका छन् भने एक लाख ६३ हजार दुई सय ३७ गाईवस्तु मर्ने अनुमान गरिएको छ । बाढी प्रभावित क्षेत्रमा एनडिएमए, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाहरूद्वारा उद्धार र राहत कार्य जारी रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.