भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

पाकिस्तानमा भएको विस्फोटमा एक बालकसहित दुई जनाको मृत्यु

पाकिस्तानमा भएको विस्फोटमा एक बालकसहित दुई जनाको मृत्यु

एजेन्सी । पख्तुनख्वा प्रान्तमा आइतबार भएको विस्फोटमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । पाकिस्तानको उत्तरपश्चिम पख्तुनख्वा प्रान्तमा विस्फोटमा एक जना बालक सहित दुई जनाको मृत्यु भएको हो । घटनामा अन्य तीन जना घाइते भएको प्रहरीले जनाएको छ।

अहिलेसम्म आक्रमणको जिम्मेबारी कुनै पनि समूह वा व्यक्तले नलिएको प्रहरी स्रोतले जनाएको छ। थप अनुसन्धानका लागि सम्बन्धित क्षेत्रलाई घेराबन्दी गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विस्फोट पख्तुनख्वा प्रान्तको लक्की मरावत जिल्लास्थित एक गाँउमा भएको हो। घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्तपालमा लगिएको समेत प्रहरीले जानकारी दिएको छ।

 


Thali Mobile Pvt.Ltd.