भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

पार्टीमा समर्थकको भूमिका अतुलनीय छ : मुख्यमन्त्री पोखरेल

पार्टीमा समर्थकको भूमिका अतुलनीय छ : मुख्यमन्त्री पोखरेल

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले पार्टीका समर्थकको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी९नेकपा० दाङ जिल्ला सचिवालय सदस्य मनोहर बुढाथोकीका बुबा जीतबहादुर बुढाथोकीको १३औँ दिनको पुण्य तिथिमा आज आयोजित श्रद्धाञ्जली सभामा शोक मन्तव्य व्यक्त गर्नुहुँदै उहाँले पार्टीमा सक्रिय राजनीति गर्नेहरुको भूमिकासँगै र समर्थक तथा अभिभावकको भूमिका पनि महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

उहाँले स्व बुढाथोकी जस्तै पार्टीका समर्थकले गर्दा अहिले राष्ट्रको नेतृत्व गर्ने अवस्थामा पुगेको बताउनुभयो । दाङ कम्युनिष्टको उर्बर क्षेत्रका रुपमा रहेको उल्लेख गर्दै उहाँले पार्टीमा बुढाथोकीको भूमिका महत्वपूर्ण रहेकाले त्यसलाई सबैले अनुशरण गर्नुपर्ने बताउनुभयो । बुढाथोकीको ८३ वर्षको उमेरमा निधन भएको हो । रासस

 


Thali Mobile Pvt.Ltd.