भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरामा

राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरामा

कास्की । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली प्रशिक्षणका लागि आज साँझ पोखरा आइपुगेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा चीनमा सन् २०२३ मा हुने एशियन कपको छनोट चरणको खेलको तयारीमा रहेको राष्ट्रिय फुटबल टोलीले पोखरामा दुई साता बन्द प्रशिक्षण सञ्चालन गर्ने कास्की जिल्ला फुटबल सङ्घले जनाएको छ ।

पोखरा आएको टोलीलाई अखिल नेपाल फुटबल सङ्घ एन्फाका पूर्वउपमहासचिव गणेश भट्टराई, कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष मिलन गुरुङसहितका जिल्ला फुटबल सङ्घका पदाधिकारीले स्वागत गर्नुभयो । पोखरा आएको टोलीमा राष्ट्रिय टोलीका ३५ खेलाडी र नौ जना अफिसियलसहित ४४ जना रहेको जिल्ला फुटबल सङ्घका महासचिव रमेश कार्कीले जानकारी दिनुभयो । टोलीले पोखरा रङ्गशालास्थित फुटबल मैदानमा अभ्यास तथा प्रशिक्षण गर्नेछ । टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन र सहायक प्रशिक्षकमा किरण श्रेष्ठ रहनुभएको छ ।

विश्वकप छनोट चरणअन्तर्गत तीन ‘अवे’ खेल खेलिसकेको नेपालले घरेलु मैदानमा तीन खेल खेल्न बाँकी छ । नेपालले चाइनिज ताइपेईसँग चैत १२ गते र अष्ट्रेलियासँग चैत १७ गते खेल्दैछ भने जोर्डनसँग अर्को वर्ष जेठमा घरेलु मैदानमा खेल्नेछ । रासस

 


Thali Mobile Pvt.Ltd.