भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरामा

राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरामा

कास्की । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली प्रशिक्षणका लागि आज साँझ पोखरा आइपुगेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा चीनमा सन् २०२३ मा हुने एशियन कपको छनोट चरणको खेलको तयारीमा रहेको राष्ट्रिय फुटबल टोलीले पोखरामा दुई साता बन्द प्रशिक्षण सञ्चालन गर्ने कास्की जिल्ला फुटबल सङ्घले जनाएको छ ।

पोखरा आएको टोलीलाई अखिल नेपाल फुटबल सङ्घ एन्फाका पूर्वउपमहासचिव गणेश भट्टराई, कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष मिलन गुरुङसहितका जिल्ला फुटबल सङ्घका पदाधिकारीले स्वागत गर्नुभयो । पोखरा आएको टोलीमा राष्ट्रिय टोलीका ३५ खेलाडी र नौ जना अफिसियलसहित ४४ जना रहेको जिल्ला फुटबल सङ्घका महासचिव रमेश कार्कीले जानकारी दिनुभयो । टोलीले पोखरा रङ्गशालास्थित फुटबल मैदानमा अभ्यास तथा प्रशिक्षण गर्नेछ । टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन र सहायक प्रशिक्षकमा किरण श्रेष्ठ रहनुभएको छ ।

विश्वकप छनोट चरणअन्तर्गत तीन ‘अवे’ खेल खेलिसकेको नेपालले घरेलु मैदानमा तीन खेल खेल्न बाँकी छ । नेपालले चाइनिज ताइपेईसँग चैत १२ गते र अष्ट्रेलियासँग चैत १७ गते खेल्दैछ भने जोर्डनसँग अर्को वर्ष जेठमा घरेलु मैदानमा खेल्नेछ । रासस

 


Thali Mobile Pvt.Ltd.