रामपुर ,पाल्पा । आज बिहानदेखि सुरु भएको स्थानीय तहको मतदान शान्त वातावरणमा अघि बढेको छ । बिहान ७ बजेदेखि मतदान भइरहेकामा मतदाता पनि उत्साहित हुँदै मतदान गर्न हौसिएका छन् ।स्थानीय तहमा नयाँ जनप्रतिनिधि रोज्ने पाँच वर्षको प्रतिक्षाको घडी आज समाप्त भएको छ । पहिलो निर्वाचन २०७४ पश्चात् गाउँमै स्थानीय सरकारको अनुभूति गर्न पाएका मतदाता आज निर्वाचनमा सहभागी हुन पाउँदा उत्साहित भएका हुन् ।मतदानस्थलमा बिहान ५ बजेदेखि नै मतदाता पुगेको देखिन्थ्यो । मतदानस्थल बाहिर लामबद्ध अवस्थामा रहेका मतदाता एक आपसमा आफूले रोजेको सक्षम उम्मेदवारलाई मतदान गर्ने विषयमा वार्तालाप गरिरहेका देखिन्थे । रामपुरस्थित रामतुलसी माविको मतदानस्थलमा मतदान गर्न पुग्नुभएकी ७२ वर्षीया पूर्णकला पौडेल आफ्नो गाउँ र ठाउँको विकास गर्ने उम्मेदवारलाई मतदान गर्ने बताउनुहुन्छ । उहाँ बिहान ५ः३० वजे नै मतदानस्थलमा पुग्नुभएको हो ।
पौडेल भन्नुहुन्छ, “स्थानीय सरकार जनताको सरकार भएकाले अन्य निर्वाचनभन्दा बेग्लै खालको रमाइलो भएको छ, आफूले चिने जानेका, छिमेकी उम्मेदवारलाई मतदान गर्न पाउँदा खुसी लागेको छ ।”चर्को घाममा पाल्पाका मतदाता मतदान केन्द्रको बाहिर लाइनमा मतदानको व्यग्र प्रतिक्षामा बसिरहेका छन् । रामपुर नगरपालिकाअन्तर्गतका सबै मतदान केन्द्रमा शान्त र मर्यादितरुपमा मतदान भइरहेको सहायक मतदान अधिकृत रामहरि पाण्डेय बताउनुहुन्छ ।पाँच वर्षअघि निर्वाचित स्थानीय सरकारलाई नागरिकले राम्रैसँग बुझेकाले यसपटक विकाशील उम्मेदवारलाई मतदान गर्ने पूर्णकला पौडेल बताउनुहुन्छ । “राम्रो उम्मेदवार चुन्ने अधिकार हामीलाई छ, निर्वाचनमा पार्टीगत होइन समाजको विकासका लागि योग्य व्यक्ति आवश्यक छ, गाउँमा विकास भयो भने हामी जनताले सुविधा लिन पाउँछौ” उहाँको भनाइ छ ।
स्थानीय सरकार जनताको नजिकको भएको र नागरिकले आफ्ना गुनासा सिधै जनप्रतिनिधिसमक्ष सुनाउन पाउने हुँदा गाउँको विकासमा तल्लीन, सक्षम, विकासशील, राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्ने उम्मेदवारलाई मतदान गर्ने मतदाता बताउँछन् । आधारभूत मावि मतदान केन्द्रमा मतदान गर्न पुग्नुभएकी सीता पोखरेल पनि जनताले सही व्यक्ति पहिचान गर्नसक्यो भने देशको मुहार बद्लिनेमा जोड दिनुहुन्छ ।“स्थानीय सरकारको मर्मत र भावना बुझेर समयमै सही व्यक्ति हामीले रोज्यौँ भने विकासले फड्को मार्नेछ, पार्टीभक्त भएर मत दिइयो भने जनताले विकासको अनुभूति गर्न पाउँदैनन्”, उहाँको भनाइ छ । स्थानीय निकायको निर्वाचन आफैँमा महत्वपूर्ण उपलब्धि हो । त्यसमाथि गणतन्त्र स्थापनापछि नयाँ संरचनाअनुसारको स्थानीय तहको निर्वाचनको पहिलो समयावधि सकिएपछि दोस्रो समयावधिका लागि भएको निर्वाचनमा मतदाता सक्षम र योग्य उम्मेदवारका पक्षमा उभिएका छन् ।
निर्वाचनले जनप्रतिनिधि छान्ने, उनीहरुमार्फत गाउँस्तरमै सुशासन कायम हुने र विकासले गति लिने विश्वास गरिन्छ । सबैभन्दा नजिकको सरकार भनेकै स्थानीय सरकार भएकैले टाढाटाढा भएका मतदाता पनि मतदान गर्न आएका छन् । संविधानले नै असल नेतृत्व चयन गर्ने अधिकार दिएको छ । छिमेकी, आफन्त र चिनेजानेका व्यक्ति उम्मेदवार हुने भएकाले पनि मतदाताले सङ्घीय र प्रदेशको निर्वाचनको तुलनामा स्थानीय तहको निर्वाचनमा बढी चासो दिएका छन् ।रामपुर ,पाल्पा । आज बिहानदेखि सुरु भएको स्थानीय तहको मतदान शान्त वातावरणमा अघि बढेको छ । बिहान ७ बजेदेखि मतदान भइरहेकामा मतदाता पनि उत्साहित हुँदै मतदान गर्न हौसिएका छन् ।स्थानीय तहमा नयाँ जनप्रतिनिधि रोज्ने पाँच वर्षको प्रतिक्षाको घडी आज समाप्त भएको छ । पहिलो निर्वाचन २०७४ पश्चात् गाउँमै स्थानीय सरकारको अनुभूति गर्न पाएका मतदाता आज निर्वाचनमा सहभागी हुन पाउँदा उत्साहित भएका हुन् ।
मतदानस्थलमा बिहान ५ बजेदेखि नै मतदाता पुगेको देखिन्थ्यो । मतदानस्थल बाहिर लामबद्ध अवस्थामा रहेका मतदाता एक आपसमा आफूले रोजेको सक्षम उम्मेदवारलाई मतदान गर्ने विषयमा वार्तालाप गरिरहेका देखिन्थे । रामपुरस्थित रामतुलसी माविको मतदानस्थलमा मतदान गर्न पुग्नुभएकी ७२ वर्षीया पूर्णकला पौडेल आफ्नो गाउँ र ठाउँको विकास गर्ने उम्मेदवारलाई मतदान गर्ने बताउनुहुन्छ । उहाँ बिहान ५ः३० वजे नै मतदानस्थलमा पुग्नुभएको हो ।पौडेल भन्नुहुन्छ, “स्थानीय सरकार जनताको सरकार भएकाले अन्य निर्वाचनभन्दा बेग्लै खालको रमाइलो भएको छ, आफूले चिने जानेका, छिमेकी उम्मेदवारलाई मतदान गर्न पाउँदा खुसी लागेको छ ।”
चर्को घाममा पाल्पाका मतदाता मतदान केन्द्रको बाहिर लाइनमा मतदानको व्यग्र प्रतिक्षामा बसिरहेका छन् । रामपुर नगरपालिकाअन्तर्गतका सबै मतदान केन्द्रमा शान्त र मर्यादितरुपमा मतदान भइरहेको सहायक मतदान अधिकृत रामहरि पाण्डेय बताउनुहुन्छ ।पाँच वर्षअघि निर्वाचित स्थानीय सरकारलाई नागरिकले राम्रैसँग बुझेकाले यसपटक विकाशील उम्मेदवारलाई मतदान गर्ने पूर्णकला पौडेल बताउनुहुन्छ । “राम्रो उम्मेदवार चुन्ने अधिकार हामीलाई छ, निर्वाचनमा पार्टीगत होइन समाजको विकासका लागि योग्य व्यक्ति आवश्यक छ, गाउँमा विकास भयो भने हामी जनताले सुविधा लिन पाउँछौ” उहाँको भनाइ छ ।
स्थानीय सरकार जनताको नजिकको भएको र नागरिकले आफ्ना गुनासा सिधै जनप्रतिनिधिसमक्ष सुनाउन पाउने हुँदा गाउँको विकासमा तल्लीन, सक्षम, विकासशील, राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्ने उम्मेदवारलाई मतदान गर्ने मतदाता बताउँछन् । आधारभूत मावि मतदान केन्द्रमा मतदान गर्न पुग्नुभएकी सीता पोखरेल पनि जनताले सही व्यक्ति पहिचान गर्नसक्यो भने देशको मुहार बद्लिनेमा जोड दिनुहुन्छ ।“स्थानीय सरकारको मर्मत र भावना बुझेर समयमै सही व्यक्ति हामीले रोज्यौँ भने विकासले फड्को मार्नेछ, पार्टीभक्त भएर मत दिइयो भने जनताले विकासको अनुभूति गर्न पाउँदैनन्”, उहाँको भनाइ छ । स्थानीय निकायको निर्वाचन आफैँमा महत्वपूर्ण उपलब्धि हो । त्यसमाथि गणतन्त्र स्थापनापछि नयाँ संरचनाअनुसारको स्थानीय तहको निर्वाचनको पहिलो समयावधि सकिएपछि दोस्रो समयावधिका लागि भएको निर्वाचनमा मतदाता सक्षम र योग्य उम्मेदवारका पक्षमा उभिएका छन् ।निर्वाचनले जनप्रतिनिधि छान्ने, उनीहरुमार्फत गाउँस्तरमै सुशासन कायम हुने र विकासले गति लिने विश्वास गरिन्छ । सबैभन्दा नजिकको सरकार भनेकै स्थानीय सरकार भएकैले टाढाटाढा भएका मतदाता पनि मतदान गर्न आएका छन् । संविधानले नै असल नेतृत्व चयन गर्ने अधिकार दिएको छ । छिमेकी, आफन्त र चिनेजानेका व्यक्ति उम्मेदवार हुने भएकाले पनि मतदाताले सङ्घीय र प्रदेशको निर्वाचनको तुलनामा स्थानीय तहको निर्वाचनमा बढी चासो दिएका छन् ।
