भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

मध्यान्हसम्म ३६ प्रतिशत मतदान भएको निर्वाचन आयोगको भनाइ

मध्यान्हसम्म ३६ प्रतिशत मतदान भएको निर्वाचन आयोगको भनाइ

काठमाडौं । ७५३ वटै स्थानीय तहमा छिटफुट घटनाबाहेक उत्साहजनक रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । मध्यान्ह १२ः३० बजेसम्म देशभर करिब ३६ प्रतिशत मतदान भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

दैलेख, दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही स्थानमा सामान्य विवादका कारण मतदान कार्य केही समय अवरुद्ध भएको छ भने अन्य स्थानमा उत्साहका साथ मतदान भइरहेको छ ।

यता भक्तपुरमा भने ५० प्रतिशत मतदान भएको जनाइएको छ । सूर्यविनायक, भक्तपुर, चाँगुनारायण र ठिमीका मतदान केन्द्रमा उत्साहकासाथ विहान सात बजेदेखि निर्वाचन भइरहेको निर्वाचन गोपाल प्रसाद वास्तोलाले बताए ।

यता सूर्यविनायक नगरपालिकाका मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको र आज बेलेकाबाट नै गणना गर्ने तयारी गरिरहेको निर्वाचन अधिकृत सरिता कुमारी खतिवडाले कैलाश खबरलाई बताइन् ।

मतदान सकिएपछि सबै मतपेटिका राष्ट्रिय प्राणी उद्यान सूर्यविनायकमा जम्मा गरेर सीसी क्यामेराको निगरानीमा मतगणना अघि बढाइने उनको भनाइ छ । यस्तै उत्साह जनकरुपमा मतदाताले मतदानमा भाग लगिरहेको मध्यपुर थिमी नगरपालिका मतदान केन्द्रका निर्वाचन अधिकृत मैया कंडेलले बताइन् ।

त्यस्तै चाँगुनारायण नगरपालिकामा पनि मतदाताले उत्साहित भएर सहभागि भईरहेको निर्वाचन अधिकृत फणेश्र्वरी घिमिरेको भनाइ छ । यता भक्तपुर नगरपालिकाका मतदान केन्द्रमा भने नेपाल मजदुर किसान पार्टीका अध्यक्ष रोहितले मतदान गरिसकेपछि मतदाता उत्साहित भएर मतदान गरिरहेको मुख्य निर्वाचन अधिकृत गोपाल बास्तोलाले बताए ।

 


Thali Mobile Pvt.Ltd.