भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मध्यान्हसम्म ३६ प्रतिशत मतदान भएको निर्वाचन आयोगको भनाइ

मध्यान्हसम्म ३६ प्रतिशत मतदान भएको निर्वाचन आयोगको भनाइ

काठमाडौं । ७५३ वटै स्थानीय तहमा छिटफुट घटनाबाहेक उत्साहजनक रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । मध्यान्ह १२ः३० बजेसम्म देशभर करिब ३६ प्रतिशत मतदान भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

दैलेख, दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही स्थानमा सामान्य विवादका कारण मतदान कार्य केही समय अवरुद्ध भएको छ भने अन्य स्थानमा उत्साहका साथ मतदान भइरहेको छ ।

यता भक्तपुरमा भने ५० प्रतिशत मतदान भएको जनाइएको छ । सूर्यविनायक, भक्तपुर, चाँगुनारायण र ठिमीका मतदान केन्द्रमा उत्साहकासाथ विहान सात बजेदेखि निर्वाचन भइरहेको निर्वाचन गोपाल प्रसाद वास्तोलाले बताए ।

यता सूर्यविनायक नगरपालिकाका मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको र आज बेलेकाबाट नै गणना गर्ने तयारी गरिरहेको निर्वाचन अधिकृत सरिता कुमारी खतिवडाले कैलाश खबरलाई बताइन् ।

मतदान सकिएपछि सबै मतपेटिका राष्ट्रिय प्राणी उद्यान सूर्यविनायकमा जम्मा गरेर सीसी क्यामेराको निगरानीमा मतगणना अघि बढाइने उनको भनाइ छ । यस्तै उत्साह जनकरुपमा मतदाताले मतदानमा भाग लगिरहेको मध्यपुर थिमी नगरपालिका मतदान केन्द्रका निर्वाचन अधिकृत मैया कंडेलले बताइन् ।

त्यस्तै चाँगुनारायण नगरपालिकामा पनि मतदाताले उत्साहित भएर सहभागि भईरहेको निर्वाचन अधिकृत फणेश्र्वरी घिमिरेको भनाइ छ । यता भक्तपुर नगरपालिकाका मतदान केन्द्रमा भने नेपाल मजदुर किसान पार्टीका अध्यक्ष रोहितले मतदान गरिसकेपछि मतदाता उत्साहित भएर मतदान गरिरहेको मुख्य निर्वाचन अधिकृत गोपाल बास्तोलाले बताए ।

 


Thali Mobile Pvt.Ltd.