पुनःस्थापना गरिदिन सुर्खेतका बाढी प्रभावितको माग

पुनःस्थापना गरिदिन सुर्खेतका बाढी प्रभावितको माग

सुर्खेत । जिल्लाका बाढी प्रभावितहरुले अझै राहत र पुनःस्थापना नभएको गुनासो गरेका छन् । बढीबाट विस्थापित भएको आठ वर्षमा पनि पुनर्वास हुन नसक्दा पालभित्र पीडितले राहत कुरेर बसेका छन् ।

विसं २०७१ साउन अन्तिम साता लगातार दुई दिन परेको अविरल वर्षाका कारण सुर्खेतमा बाढीले क्षती पु¥याएको थियो । बाढीबाट यहाँका सयौं घरपरिवार विस्तापित भएका थिए ।

बाढीले घर बगाएपछि घरबारविहीन भएका बाढी पीडितले समयमा नै व्यवस्थापन नहुँदा यो वर्षको हिँउदे जाडो पालभित्र बिताउनु पर्ने अवस्था छ ।

जिल्लाको बराहताल– २ को गिरीघाटमा अस्थायी शिविरमा बस्दै आएका एक सय ५९ घरपरिवारले अझै पनि घर बनाउने रकम पाएका छैनन् ।

प्रदेश सरकारले दिनुपर्ने रु तीन लाख रकम पीडितलाई दिए पनि स्थानीय र सङ्घ सकारले अहिलेसम्म पनि रकम उपलब्ध गराउँन नसक्दा आफूहरुको व्यवस्थापन हुन नसकेको सुर्खेत गिरीघाटका बाढीपिडित रामबहादुर पुरी बताउभयो । “स्थानीय सरकारले दिनुपर्ने रु एकलाख र सङ्घीय सरकारले दिने भनेको रु तीन लाख रकम अझै पाएका छैनौँ,” उहाले भन्नुभयो, “यो चिसोमा हामी घरबारविहीन छौँ ।”

यता, बराहताल गाउपालिकाले भने पीडितको व्यवस्थापनका लागि तयारी थालिएको बताएको छ । गाउँपालिका अध्यक्ष भीमबहादुर भण्डारीले बाढीपीडितले जग्गाको माग गरेको भन्दै उनीहरुको बस्ती व्यवस्थापनको लागि सामुदायिक वनसँग जग्गा मागको प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भने बाढीपीडित घरपरिवारलाई तीन÷तीन लाखका दरले रकम पठाइसकेको जनाएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले बराहतालको गिरीघाट अस्थायी शिविरमा बस्दै आएका बाढीपीडित घरपरिवारलाई करिब रु ६ करोड बजेट स्थानीय सरकारमार्फत वितरण गरेको बताउनुभयो ।

उहाँका अनुसार अझैपनि मन्त्रालयमा एक सय तीन जना बाढीपीडित परिवारको निवेदन परेको छ । पहिलेको निवेदनबाट छुटेका बाढीपिडितको निवेदन परेकाले ती निवेदनको पनि अबको केही दिनमा नै सरकारले छानबिन प्रक्रिया सुरु गर्ने उहाँले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.