भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

पुरातात्विक महत्वका सम्पदाको संरक्षण गर्छौँ : मन्त्री आले

पुरातात्विक महत्वका सम्पदाको संरक्षण गर्छौँ : मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिएक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालबाट चोरी निकासी भई विदेश पुगेका र त्यहाँबाट फिर्ता ल्याइएका मूर्तिको संरक्षण गरिने बताउनुभएको छ । नेपालबाट हराएका तथा चोरी भएर अमेरिका विभिन्न सङ्ग्रहालय पुगेका विभिन्न शताब्दीका पाँचवटा मूर्ति आज नेपाल ल्याई पुरातत्व विभागलाई हस्तान्तरण गर्ने कार्यक्रममा मन्त्री आलेले नेपालको कला, सम्पदा, सांस्कृतिक तथा पुरातात्विक महत्वका सम्पदालाई चोरी निकासी हुनबाट जोगाउनुपर्ने बताउनुभयो ।उहाँले भन्नुभयो, “हाम्रो पहिचानको धरोहरको रुपमा रहेका सांस्कृतिक तथा पुरातात्विक महत्वका सम्पदा मासिने र चोरी निकासी हुने क्रम बढेको छ, हामीले हाम्रा सम्पदाको संरक्षण गर्न जरुरी भएको छ ।” सोही कार्यक्रममा मन्त्री आलेले ऐतिहासिक, सांस्कृतिक महत्वका सम्पदाको संरक्षणमा सरोकार भएका सबै निकायले विशेषरुपमा ध्यान दिएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले थप भन्नुभयो, “नेपाल कला सम्पदाको भरिपूर्ण देश हो, नेपालका सांस्कृतिक, पुरातात्विक महत्वका सम्पदाले विश्वमै विशिष्ट र मौलिक पहिचान बोकेका छन्, हाम्रा पहिचानका धरोहरको सबैले संरक्षण गर्न जरुरी छ ।” सोही कार्यक्रममा विदेशी भूमिमा पुगेका नेपालका मूर्ति फिर्ता दिने तथा नेपाल ल्याउन सहयोग गर्ने सबैलाई मन्त्री आलेले धन्यवादसमेत दिनुभएको थियो ।उक्त कार्यक्रममा नेपालस्थित अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन म्यानुअल पि मिकालरले नेपालबाट चोरी निकासी भई अमेरिका विभिन्न सङ्ग्रहालयमा पुगेका नेपालका पुरातात्विक महत्वका सामग्री फिर्ता गर्दै जाने प्रतिबद्धता जनाउनुभएको थियो । नेपालबाट हराएर अमेरिकाको विभिन्न स्थानमा पुगेका ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्वका पाँच प्राचीन मूर्ति फिर्ता ल्याई पुरातत्व विभागले आज एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको थियो । पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमका अनुसार फिर्ता भएका मूर्तिमा प्रस्तरको चतुर्मुखी शिवलिङ्ग, प्रस्तरको उमामहेश्वरको मूर्ति, प्रस्तरको नागराजको मूर्ति, पद्मपाणि लोकेश्वरअर्थात् बोधिसत्व अवलोकितेश्वर मूर्ति र प्रस्तरको शाक्यमुनिको मूर्ति रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.