भर्खरै : Sorry, your browser does not support inline SVG.

पूर्वराष्ट्रपति रामवरण यादव वीर अस्पताल भर्ना

पूर्वराष्ट्रपति रामवरण यादव वीर अस्पताल भर्ना

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि पूर्वराष्ट्रपति रामवरण यादवलाई वीर अस्पताल भर्ना गरिएको छ ।

उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि यादव हिजो वीर अस्पतालमा भर्ना भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेतले बताए ।

पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जानकारी लिएका छन् ।

यादवलाई उपचारका लागि केही दिन अस्पतालमै राखिने अस्पताल प्रसासनले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.