भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

बाग्लुङ–कुश्मीशेरा सडक खण्ड पहिरोका कारण अवरुद्ध

बाग्लुङ–कुश्मीशेरा सडक खण्ड पहिरोका कारण अवरुद्ध

बाग्लुङ । बाग्लुङ–कुश्मीशेरा सडक खण्ड अवरुद्ध भएको छ । वर्षासँगै आएको बाढी र पहिरोका कारण बाग्लुङ नगरपालिका–१० भकुण्डेको दब्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बाग्लुङ–कुश्मीशेरा सडक बन्द भएको हो ।

सदरमुकाम बाग्लुङ बजारबाट बाग्लुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका लागि छुट्ने गाडी सडक अवरुद्ध हुँदा मर्कामा परेका छन् । सडक अवरुद्ध भएपछि निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बाटो हुँदै गन्तव्यमा पुग्न बैकल्पिक बाटोको प्रयोग गरिएको छ ।

पहिरोका कारण करिडोरसमेत अवरुद्धभएपछि यात्रुहरु अलपत्र परेका छन् । वर्षासँगै दब्ल्याङमा पहिरो खसेपछि तीन वर्षअघिदेखि शुरु भएको पहिरोले हिउँदमा सामान्य वर्षा हुँदासमेत सडक बन्द हुने गरेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.