भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

पेरिस सम्झौता कार्यान्वयनमा नेपाल प्रतिबद्धः प्रधानमन्त्री

पेरिस सम्झौता कार्यान्वयनमा नेपाल प्रतिबद्धः प्रधानमन्त्री

काठमाडौं । नेपालले कार्बन उत्सर्जन सन् २०४५ भित्र शून्यमा पुर्याउने लक्ष्य राखेको बताउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता कार्यान्वयनमा नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) लाई स्कटल्याण्डको ग्लास्गोमा सम्बोधन गर्दै देउवाले जलवायु परिवर्तनकै कारण नेपालको हिमाली क्षेत्र दिनप्रतिदिन प्रभावित हुँदै गएकाले यसको संवेदनशीलताप्रति विश्व समुदाय चिन्तित हुनुपर्ने बताए ।

हिमाली क्षेत्रको विशिष्ट जलवायु संकटलाई पहिचान गर्न र जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय अजेण्डालाई उच्च प्राथमिकतामा राख्न विश्वसँग आग्रह गरेका हुन । नेपालले हरेक क्षेत्रलाई कार्बनरहित बनाउने महत्वाकांक्षी राष्ट्रिय निर्धारित योगदान (एनडिसी) पेस गरेको जानकारी दिए ।

नेपालको करिब ८० प्रतिशत जनसंख्या प्राकृतिक र जलवायुजन्य प्रकोपबाट जोखिममा रहेको जानकारी गराउँदै प्रधानमन्त्री देउवाले विगत ४० वर्षको अवधिमा प्राकृतिक प्रकोपबाट नेपालमा करिब ६ अर्ब अमेरिकी डलर बराबरको भौतिक र आर्थिक क्षति पुगेको बताए ।

 


Thali Mobile Pvt.Ltd.