भर्खरै : Sorry, your browser does not support inline SVG.

पेस्तोलसहित तीन पक्राउ

पेस्तोलसहित तीन पक्राउ

रुपन्देही । रूपन्देहीको कञ्चनापुरबाट प्रहरीले तीन युवालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ ।

उनीहरुलाई मर्चवारी गाउँपालिका(७ कञ्चनापुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका ९ बेतकुइयाका २४ वर्षका सुरज हरिजन, सोही ठाउँका २३ वर्षका तौलन हरिजन र सम्मरीमाई ७ भुन्डिहवाका सहिल मुसलमान रहेको प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.