प्रचण्डका पूर्व सुरक्षा कमाण्डरसहित दाङ निर्वाचन क्षेत्र नं २ (ख)बाट ६ जनाको नाम सिफारिस

प्रचण्डका पूर्व सुरक्षा कमाण्डरसहित दाङ निर्वाचन क्षेत्र नं २ (ख)बाट ६ जनाको नाम सिफारिस

दाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि निर्वाचन क्षेत्र नं २ (ख) बाट ६ जनाको नाम सिफारिस गरेको छ ।

माओवादी निर्वाचन क्षेत्र समन्वय समिती २ (ख) को बैठकले अध्यक्ष प्रचण्डका पूर्व सुरक्षा कमाण्डर तुलसी डाँगी (मिलन)सहित, मिना बुढा, श्रीधर पौडेल, बुद्धि प्रकाश चौधरी (सचिन), राजबहादुर परियार र पिताम्बर वलीको नाम सिफारिस गरेको हो ।

माओवादी केन्द्र लुम्बिनी प्रदेश समन्व समितिका संयोजक बुद्धिप्रकाश चौधरी (सचिन) को अध्यक्षता बसेको बैठकले यस्तो सिफारिस गरेको माओवादी केन्द्रले जनाएको छ ।

बैठकमा माओवादी केन्द्रका केन्द्रीय सदस्य भीमकुमारी बाँठा (निशाना) को प्रमुख आतिथ्यता रहेको थियो ।

बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य भीमकुमारी बाँठाले म म भन्दा पनि जनताको चाहना र पार्टीको भिजनलाई अगाडि बढाउन आवश्यक्ताको आधारमा उम्मेदवार सिफासिर गरिएको बताइन् ।

१ मा ३ जना, (क) मा ४ जना र (ख) मा ८ जनाकाे नाम सिफारिस
यसैबीच नेकपा (माओवादी केन्द्र)दाङले निर्वाचन क्षेत्र नं १ मा तीन जनाकाे नाम सिफारिस गरेकाे छ । निर्वाचन क्षेत्र नं १ समन्वय समितिको बैठकले प्रतिनिधिसभामा कृष्णबहादुर महरा, नारायणी शर्मा र लुमबहादुर कार्कीकाे नाम सिफारिस गरेकाे दाङका सचिव विश्वराज आचार्यले बताए ।केन्द्रीय सदस्य इन्द्रजित थारूकाे प्रमुख आतिथ्यतामा बैठक बसेकाे थियाे ।

सिफारिस
प्रतिनिधि सभा क्षेत्रतर्फ
१- कृष्ण बहादुर महरा
२-नारायणी शर्मा (प्रतीक्षा)
३-लुमबहादुर कार्की (बद्री)

प्रदेश क्षेत्र न: १ को (क)तर्फ
१-इन्द्रजित थारु (ब्राईन)
२-लुमाकान्ता न्यौपाने (सागर)
३-बिरेन्द्र चौधरी
४-धर्मराज अधिकारि

प्रदेश क्षेत्र न:१को (ख)तर्फ
१-दामा शर्मा
२-रामप्रसाद घिमिरे
३-वसन्त राज अधिकारि
४-बाबुराम चौधरी
५-कालुराम चौधरी
६-गंगा पाण्डे
७-भिम बहादुर वलि

दाङ ३ मा वली र मास्के सिफारिस
माओवादी केन्द्रले दाङ क्षेत्र नं. ३ बाट कुवेर वली र धनबहादुर मास्के ‘राजेश’को नाम सिफारिस गरेको छ । पार्टीको क्षेत्र नं. ३ कमिटीको बैठकले पार्टीका निर्वाचन विभाग प्रमुख वली र पोलिटब्युरो सदस्य मास्केलाई सिफारिस गरेको हो ।

वली कम्युनिस्ट आन्दोलनका संस्थापक नेता हुन् भने मास्के जनयुद्धका डिभिजन कमान्डर हुन् । शान्ति प्रक्रियापछि सिथिल रहेका मास्के पछिल्लो समय राजनीतिमा सक्रिय बनेका छन् ।

यसअघि आइतबार पार्टीको क्षेत्र नंं. २ कमिटीको बैठकले पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा, स्थायी कमिटी सदस्य रेखा शर्मा र पोलिटब्युरो सदस्य निर्मल आचार्यलाई सिफारिस गरेको थियो । क्षेत्र नं.१ बाट उम्मेदवार सिफारिस हुने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.