काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभाका सांसदहरुको शपथ पुस ७ (२०७९) हुने प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बताएका छन् । पुस ७ गते दिउसो १ बजे संसदको ज्येष्ठ सदस्यले २७४ सांसदहरुलाई सपथ गराउनेगरी तयारी भएको संसद सचिवालयले जनाएको हो ।
संसद सचिवालयका अनुसार वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सांसदहरुको सपथ गराइनेछ । सचिव योगीकानुसार जेष्ठ सदस्य को भन्ने अहिलेसम्म टुंगो लागि सकेको छैन् ।
निर्वाचन आयोगले उपलब्ध गराएको निर्वाचित सांसदहरुको उमेर खुल्ने विवरण अध्ययन गरिरेहेको र आज नै जेष्ठ सदस्यको पहिचान गर्ने र राष्ट्रपतिलाई ति सदस्यको शपथका लागि पत्र पठाउने गरि तयारी रहेको सचिव योगीले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जेष्ठ सदस्यलाई शपथ ग्रहण गराएपछि अरु सांसदहरुलाई ती ज्येष्ठ सदस्यले शपथ गराउने संसद सचिवालयले जनाएको छ ।
