काठमाडौं । प्रतिनिधिसभाले बिस्तारै लय समात्न थालेको सभामुख अग्निप्रसाद सापकोटाले बताएका छन् ।
शनिबार जीपी कोइराला मेमोरियल (सामुदायिक) कलेजको आठौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन ।
छलफल, बहस, वादविवाद र संवाद हुँदै अघि बढ्ने भन्दै उनले चुनौतीहरुको सामना गर्न प्रतिकूलतामा पनि अनुकूलता खोज्ने उपाय संसदले खोजिरहेको बताए ।
अनेकौं चुनौतीहरुको सामना गर्दै गुणस्तरीय कानुन निर्माणको लागि प्रयत्न गरिरहेको भन्दै सभामुख सापकोटाले जीवन्त र जनमुखी संसद बनाउन सबैको प्रयत्क हुने बताए ।
