काठमाडौं । हरेक वर्ष मार्च २० का दिन विश्वभर मुख स्वास्थ्यबारे चेतनामूलक कार्यक्रम गरी आज विश्व मुख स्वास्थ्य दिवस हो ।
मनाउन थालिएको छ । समयमै उचित ध्यान नदिदा दाँत तथा मुखका समस्याले जटिलता उत्पन्न गर्ने भएकाले मुख स्वास्थ्यप्रति सजग रहनुपर्ने चिकित्सकहरु बताउँछन् । मुख गन्हाउने, दाँतबाट रगत आउने, दाँत किराले खाने समस्यालाई सामान्य जस्तै मान्ने गरिएको छ ।
जसका कारण मुखका समस्याले शरीरका अन्य अङ्गमा पनि रोग लाग्ने गरेको डाक्टरहरु बताउँछन् । मुटुका रोग, रक्तचाप , मधुमेहलगायत ६० प्रतिशत रोग मुखको स्याहार नगर्दा लाग्ने गर्दछन् । दाँतको सरसफाइ गर्दा ७५ प्रतिशत दन्तरोग कम गर्न सकिने हुँदा मुख स्वास्थ्यमा विशेष ध्यान दिन चिकित्सकको अनुरोध गर्दछन्।
दाँतमा लाग्ने रोगहरु जस्तै, दाँत, गिजा, स्वास गन्हाउने समस्या हुनबाट जोगिन आफ्नो मुखलाई स्वस्थ बनाउनुपर्छ । यसको लागि मानिसको बानीव्यहारमा सुधार ल्याउन जरुरी छ ।
