भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

प्रदेश नं १ को मुख्यमन्त्रीमा आचार्य

प्रदेश नं १ को मुख्यमन्त्रीमा आचार्य

मोरङ । नेकपा एमाले संसदीय दलका नेता भीमप्रसाद आचार्य प्रदेश नं १ को मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँले आजै मुख्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले नेपालको संविधानको धारा १६८ १ बमोजिम पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

सो अवसरमा निवर्तमान मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलगायत प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीको उपस्थिति रहेको थियो । यसअघि आचार्य आजै नेकपा एमाले प्रदेश नं १ को संसदीय दलको नेतामा चयन हुनुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.