भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

भालुको पित्तसहित एक पक्राउ

भालुको पित्तसहित एक पक्राउ

बलेवा । बागलुङको ढोरपाटन नगरपालिका–४ बाट प्रहरीले भालुको पित्तसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका–४ हुन्द्रफेदीका ४० वर्षीय चित्रबहादुर शेरबुर्जा रहेको इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरीक्षक जयराम वन्तले बताए ।

उहाँका अनुसार दुर्लभ वन्यजन्तु भालुको पित्तको अवैध कारोबार भइरहेको प्राप्त सूचनाका आधारमा उनलाई करिब १८ ग्राम भालुको पित्तसहित बुधबार साँझ पक्राउ गरेको छ । आवश्यक अनुसन्धान र कानुनी कारवाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालयमा पठाइएको जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.