भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

प्रदेश नं १ मा २२० कोरोना सङ्क्रमित थप

प्रदेश नं १ मा २२० कोरोना सङ्क्रमित थप

प्रदेश नं १ । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २२० जना कोरोना सङ्क्रमित थपिएका छन् । उक्त अवधिमा गरिएको ९११ जनाको पीसीआर परीक्षणमा ८९ महिला र १३१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सङ्क्रमितमा झापामा ८४, मोरङमा ७२ मध्ये विराटनगरमा ४४, सुनसरीमा ३५, सङ्खुवासभामा १०, इलाममा छ, खोटाङमा दुई, उदयपुर र धनकुटामा एक÷एक र प्रदेश बाहिरका नौ जना रहेका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या २६ हजार ६७९ पुगेको छ । प्रदेशमा आज १८८ सङ्क्रमित होम आइसोलेसन र विभिन्न अस्पतालबाट निको भएर घर फर्केका छन् भने हालसम्म निको हुनेको सङ्ख्या २१ हजार ६७९ पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ८८ हजार ७२९ जनाको पीसीआर परीक्षण गरिएको छ । ।रासस

 


Thali Mobile Pvt.Ltd.