भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

सैनामैनामा स्मार्ट रिफ्रेस सेन्टर शिलान्यास

सैनामैनामा स्मार्ट रिफ्रेस सेन्टर शिलान्यास

लुम्बिनी प्रदेश । नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको असमझदारी नै अहिलेको सङ्कट भएको बताउनुभएको छ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ९ स्थित पीपलडाँडामा निर्माण हुन लागेको स्मार्ट रिफ्रेस सेन्टरको आज शिलान्यास गर्दै उहाँले पार्टी एकतालाई सफल बनाउन दुई आन्दोलनका मुख्य नेताबीचको समझदारी र एकता न्यूनतम शर्त भएको स्पष्ट गर्नुभयो । नेता पोखरेलले सहमति र सहकार्य अहिलेका सन्दर्भमा अपरिहार्य आवश्यकता भएकामा जोड दिनुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले कानून निर्माणमा प्रदेश अग्रणी भएको जिकिर गर्दै सबैभन्दा बढी पूँजीगत खर्च हुने प्रदेश पनि लुम्बिनी नै भएको बताउनुभयो ।  राष्ट्रियसभामा सत्तापक्षका प्रमुख सचेतक खिमलाल भट्टराईले अव्यवस्थित बसोबासको समस्या समेत सम्बोधन गरिने बताउनुभयो । भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले सभ्यता र संस्कृति निर्माणमा सेन्टरले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले लुम्बिनी प्रदेशको गौरवको आयोजनाका रुपमा यसलाई विभिन्न जिल्लामा विस्तार गरिने उल्लेख गर्नुभयो ।  प्रदेशसभामा सत्तापक्षका प्रमुख सचेतक भूमिश्वर ढकालले नगरपालिकाको सो क्षेत्रलाई दूधको पकेट क्षेत्रका रुपमा घोषणा गरेर प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो ।  करीब दुई बिघा क्षेत्रफलमा निर्माण हुन लागेको सो सेन्टरको प्रथम चरणको लागत रु तीन करोड ५५ लाख ७९ हजार ५१० छ ।

प्रदेश सरकारले त्यस्तो सेन्टर रुपन्देहीबाहेक, नवलपरासी, कपिलवस्तु, दाङ र बर्दियामा निर्माण गर्न लागेको छ ।  सैनामैनामा निर्माण हुन लागेको सेन्टरलाई नगरपालिकाले जग्गा उपलब्ध गराएको हो । अत्याधुनिक सार्वजनिक शौचालयसहितको सो सेन्टर निर्माण दुई वर्षमा पूरा भएपछि स्थानीय सरकारलाई नै हस्तान्तरण हुनेछ । चिया, कफी पाइने सो सेन्टरमा लामो दूरीका सवारी चालकलाई आरामका लागि व्यवस्था गरिएको छ ।  कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की र उपप्रमुख विना राना, रुपन्देहीका डिभिजन प्रमुख राजकुमार चौधरी, खानेपानी महाशाखा प्रमुख ध्रुव धिताललगायतले सो परियोजनाबाट सरसफाइमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.