भर्खरै : Sorry, your browser does not support inline SVG.
अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, बीपी राजमार्ग र कान्ति लोकपथ पूर्ण रूपमा बन्द | मुक्ति घोषणा भएको चार वर्ष स् हरवाचरवा समुदाय पहिचानबाट वञ्चित | भारी वर्षाको चेतावनी, २३ जिल्ला रेड अलर्टमा | मनसुन जोखिम बढेपछि निजी हेलिकप्टर, ड्रोन र र्‍याफ्टिङ तयारीमा राख्दै सरकार | सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा |

प्रदेश नामाकरण गरेको उपलक्ष्यमा कोशी प्रदेशमा सार्वजनिक बिदा

प्रदेश नामाकरण गरेको उपलक्ष्यमा कोशी प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । कोशी प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारको बुधबार बसेको बैठकले प्रदेश नामाकरणको खुशियालीमा बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बुधबार बसेको प्रदेश सभा बैठकले प्रदेश १ को नाम ‘कोशी’ राख्ने निर्णय गरेको थियो ।

प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा दिइएको कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । अन्य प्रदेशले पहिले नै प्रदेशको नामाकरण सकाए पनि प्रदेश एकले बुधबार मात्रै प्रदेशको नाम टुङ्गो लगाएर कोशी प्रदेश नामाकरण गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.