भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

प्रदेश सरकारको औचित्य माथी नागरिकको प्रश्न ? प्रदेशसभा २ महिनादेखि ठप्प

प्रदेश सरकारको औचित्य माथी नागरिकको प्रश्न ? प्रदेशसभा २ महिनादेखि ठप्प

कैलाली । सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठक ठप्प छ। सरकारले प्रदेश सभालाई आवश्यक बिजनेस नदिँदा जनताको आवाज बोल्ने थलो प्रदेश सभा बैठक २ महिनादेखि ठप्प भएको हो। सुदूरपश्चिम प्रदेशसभा बैठक बस्न नसक्दा प्रदेश सभाका विषयगत समितिहरूको गठनसमेत हुन सकेको छैन। सरकारले बिजनेस नदिँदा प्रदेश सभाको बैठक बस्न नसकेको हो। विधेयक अधिवेशन भनेर चिनिने हिउँदे अधिवेशनमा धेरै विधेयक पारित हनुपर्ने भए पनि बैठक कहिले बस्ने कुनै टुंगो लागेको छैन् ।

फागुन २१ गते मुल्यमन्त्रीले विश्वासको मत प्राप्त गरेपछि अर्को बैठक बस्न सकेको छैन्। त्यसयता स्थगित सुदूरपश्चिम सभाको अर्को बैठक कहिले बस्ने टुंगो नभएको प्रदेश सभा सचिवालयले जनाएको छ । सरकार बनाउन र ढाल्नका लागी मात्रै दोश्रो कार्यकालको प्रदेशसभा बैठक ८ पटक बसेको छ । त्यस बाहेक जनताका मुद्धा सम्बोधन हुने किसिमका कुनै बिधेयक प्रदेशसभामा पेस हुन सकेका छैनन् भने प्रदेश सरकारको औचित्य माथी नै अहिले नागरिकले प्रश्न गर्न थालेका छन् ।

प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएयता आठ वटा बैठक मात्र बसेका छन् । पुस १५ गते नवनिर्वाचित सांसदहरूको शपथ भएको थियो। १८ गते पहिलो बैठक बसेको थियो।पहिलो बैठकमा सांसदहरूको शुभकामना आदानप्रदानको कार्यसूची मात्रै राखिएको थियो। त्यसपछि तेस्रो बैठक पुस २८ गते सभामुख चयनका लागि निर्वाचन गर्ने उद्देश्यले राखिएको थियो। ठूलो दलका हैसियतले कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भएपछि प्रदेशसभाको बैठक अनिश्चित बनेको छ।

 


Thali Mobile Pvt.Ltd.