भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

प्रधानमन्त्री, राष्ट्रपतिसहित संसद विघटनविरुद्ध सर्वोच्चमा ३ रिट

प्रधानमन्त्री, राष्ट्रपतिसहित संसद विघटनविरुद्ध सर्वोच्चमा ३ रिट

काठमाडौं। प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट पेश भएका छन्। प्रधानमन्त्री, राष्ट्रपतिसहित प्रधानन्यायाधीशसमेतलाई विपक्षी बनाइएको छ ।

प्रधानमन्त्री र राष्ट्रपतिको कदम विरुद्ध सर्वोच्चमा अधिवक्ता शुलभ खरेल, कञ्चनकृष्ण न्यौपाने र लोकेन्द्र ओलीले छुट्टाछुट्टै रिट पेश गरेका हुन् । आइतबार समय सकिएकाले दर्ता हुन नपाएका यी रिट सोमवार दर्ता हुने बताइएको छ।

आइतवार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको निर्णय सुनाउँदै सिफारिस लिएर शीतल निवास पुगेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले सिफारिसलाई अनुमोदन गर्दै संसद विघटन गरेकी छन्।

 


Thali Mobile Pvt.Ltd.