भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

प्रमुख प्रजापतिद्वारा खोप केन्द्रकाे निरीक्षण

प्रमुख प्रजापतिद्वारा खोप केन्द्रकाे निरीक्षण

भक्तपुर । नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाभित्र कोभिड १९ विरुद्धको खोप सञ्चालन भइरहेका स्वास्थ्य केन्द्रहरुको स्थलगत निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा जनस्वास्थ्य सेवा केन्द्र, च्याम्हासिंह, सिद्धि स्मृति महिला तथा बाल अस्पताल, भेलुखेल, जनस्वास्थ्य सेवा केन्द्र, भगवतीस्थान, भक्तपुर अस्पताल, दुधपाटी र इवामुरा अस्पताल सल्लाघारीको स्थलगत निरीक्षण गरेका हुन् ।

पहिलो चरणको खोप लगाउने अभियान २०७७ साल फागुन २३ गते आइतबारदेखि सुरु भइरहेको छ भने ६५ वर्ष उमेरदेखिका ज्येष्ठ नागरिकहरुलाई लगाइने उक्त खोप माथि उल्लेखित स्वास्थ्य केन्द्रहरुबाट पायक पर्ने केन्द्रबाट प्रदान भइरहेको छ ।

निरीक्षणका क्रममा केन्द्रका स्वयम्सेवक तथा स्वाथ्यकर्मीहरुसँग खोप लिएका ज्येष्ठ नागरिकहरुको स्वास्थ्यसम्बन्धी तथ्य तथ्यांक बुझेको बताइएको छ । कोभिड १९ विरुद्धको खोप नगरबासीहरु सबैले खोप लिई उक्त रोग बाट सुरक्षित बनाउन र जिम्मेवारीपूर्वक कर्तव्य पालना गर्न निर्देशन समेत दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.