भर्खरै : Sorry, your browser does not support inline SVG.

जीवनको प्रेमिल ‘खुशी’ (भिडियो)

जीवनको प्रेमिल ‘खुशी’ (भिडियो)

काठमाडौँ । चर्चित युवा गायक प्रताप दासको स्वरमा रहेको ‘खुशी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा राज केसीको शब्द रहेको छ ।

जीवन रसाइलीले संगीतवद्द गरेको यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन् । छिट्टै नै गायिका अस्मिता अधिकारीको स्वरमा यस गीतको फिमेल भर्सन पनि आउने निर्माण टिमले बताएको छ । म्युजिक भिडियोमा गीतकार केसीको साथमा अस्ट्रलियन मोडेल एबि फिचर्ड छन्।

म्युजिक भिडियोमा गीतकार केसी र एबिलाई रोमाण्टिक मुडमा देख्न सकिन्छ । अष्ट्रेलियामा नै छायांकन भएको यस भिडियोलाई जीवन रसाइलीको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो । ग्लोबल टचको प्रस्तुति रहेको भिडियोलाई आइभिएम फिल्म्सको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्…


लामो समयदेखि अष्ट्रेलियामा रहेर आफ्नो कलायात्रालाई अघि बढाइरहेका गीतकार केसी र निर्देशक रसाइलीले आफुहरुले कोरना कहरबीच निकै मेहेनत साथ यो भिडियो तयार पारेको बताएका छन् । अष्ट्रेलियामा पनि नेपाली म्युजिक भिडियो राम्रो बन्न सक्छ भन्ने उदाहारण आफुले पेश गरेको निर्देशक केसीले कैलाश खबरलाई बताए ।

 


Thali Mobile Pvt.Ltd.