भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

अपदस्थ नेतृ आङ सान सूचीमाथि घुस लिएको आरोप

अपदस्थ नेतृ आङ सान सूचीमाथि घुस लिएको आरोप

म्यानमार । म्यानमारको सेनाले अपदस्थ नेतृ आङ सान सूचीमाथि सबैभन्दा गम्भीर आरोप लगाएकाे छ । सेना केही सुन र ६ लाख अमेरिकी डलर अवैध तरिकाले स्वीकार गरेको आरोप लगाएको हाे ।

बिहीबार पत्रकार सम्मेलन गर्दै ब्रिगेडियर जनरल जा मिन तुनले म्यानमारका राष्ट्रपति र केही मन्त्रीमाथि पनि भ्रष्टाचारको आरोप लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । फेब्रुअरी १ मा सैनिक ‘कू’ गरेर सूची र म्यान्मारको निर्वाचित नेतृत्वलाई अपदस्थ गरेपछि सूचीमाथि लगाइएको यो सबैभन्दा गम्भीर आरोप हो ।

आरोप प्रमाणित गर्ने कुनै प्रमाण भने सेनाले दिएको छैन । सेनाले सूचीलाई अज्ञात स्थानमा राखेको छ । यसअघि सेनाले सूचीमाथि रेडियो उपकरण राखेको, कोभिड नियन्त्रणका लगाइएका प्रतिबन्धात्मक नियमहरू भंग गरेको तथा नागरिकमा डर, त्रास फैलाएको आरोप पनि लगाइ सकेको छ ।

सूचीले गैरकानुनी रूपमा ग्रहण गरेको भनिएको सुनको मूल्य लगभग साढे चार लाख पाउन्ड छ । म्यान्मारमा सैनिक कूको विरोधमा प्रदर्शन जारी छ । प्रदर्शनमा बिहीवार कम्तिमा सात जना मारिएपछि मृतकको संख्या ६० नाघेको छ ।

 


Thali Mobile Pvt.Ltd.