भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

संसद विघटनकाे सिफारिस लिएर प्रम ओली शितल निवास, दलमा छायाे नयाँ तरंग

संसद विघटनकाे सिफारिस लिएर प्रम ओली शितल निवास, दलमा छायाे नयाँ तरंग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् ।

पार्टीभित्र विवाद बढिरहँदा र आफूलाई हटाउने तयारी भइरहदा प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेका हुन । पार्टीभित्र सहमतिको प्रयास भैरहेको बेला प्रधानमन्त्री ओलीले अचानक यो निर्णय गरेको बुझिएको छ । प्रधानमन्त्रीको यो निर्णयले राजनीति दलहरुमा नयाँ तरंग छाएको छ ।

संसद विघटनको बाटो रोजे

पार्टीभित्रैबाट राजीनामा मागेपछि अप्ठेरोमा परेका ओलीले अब के गर्लान् ? भन्ने अड्कलवाजी भइरहदा उनले संसद विघटनको बाटो रोजेका छन् । जानकारहरुले तीन विकल्प सारेका थिए ।

निकटहरुसँग परामर्श गर्दा तीनवटा विकल्पमा छलफल गरेका ओलीले पहिलो विकल्प पार्टीभित्रैबाट राजीनामा मागिएको अवस्थामा राजीनामा दिने र पार्टी फुटबाट जोगाउने, दोस्रो राजीनामा नगरी सेना परिचालन गरेर अघि बढ्ने र तेस्रो आफु पार्टी नफुटाउने अरुले फुटाए काँग्रेससँग मिलेर सरकार बनाउने । तीनवटै विकल्पमा छलफल चलाएका ओलीले अन्तमा संसद विघटनको बाटो लिए ।

 


Thali Mobile Pvt.Ltd.