काठमाडौं । विभिन्न कामको सिलिसिलामा विदेशमा रहेका नेपालीहरु जुट्न थालेका छन् । विश्वका विभिन्न मुलकमा कार्यरत उनीहरुले लैङगिक हिंसा, भ्रष्टाचार, विकृति, विसंगती विरूद्धमा खबरदारी गर्दै जागौँ नेपाल राष्ट्रिय अभियान नामक समिती समेत गठन गरेका छन् । गठित समितिको संयोजकमा दीपक आचार्य रहेका छन् ।
उनको संयोजकत्वमा बैठक पनि सम्पन्न भएको छ । नेपालका ७ वटै प्रदेशमा समिती गठन गरेर सभ्य र भ्रष्टाचार मुक्त नेपाल निर्माण गर्न खबरदारीका लागि समिति गठन गरिएको बताइएको छ । विश्वका ३० देशमा कार्यरत नेपालीहरुले हातेमालो गर्दै अभियानमा आवद्ध भएको उनीहरूले बताएका छन् । समितिले कतारको दोहामा कार्यरत सन्तोष तिमल्सिनालाई संयोजक तोकेको छ ।
भर्चुअल बैठक गरि आगामी योजनाहरु समेत तय गरेको छ । महिला हिंसाका घटना न्युनिकरण गर्न र हिंसा गराउनेलाइ कडा कारवाही गराउन समितिले महत्वपूर्ण भूमिका खेल्ने सदस्य सचिव सरस्वती खनाल तिमल्सिनाले बताइन् ।
समिति
संयोजक: सन्तोस तिमल्सिना गण्डकि प्रदेश कास्की पोखरा (दोहा कतार)
सह–संयोजक: सुदिप गिरी झापा प्रदेश नं.१ (युएई)
सह–सयोजक: भोजराज न्यौपाने गण्डकि प्रदेश गोर्खा पालुङ्टार (मलेसिया)
सदस्य सचिव: सरस्वती तिमल्सिना खनाल बागमती प्रदेश काभ्रे
बेथानचोक (साइप्रस)
