काठमाडौं । सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दू भएर गएको ६.० रेक्टर स्केलको भूकम्पले सिन्धुपाल्चोकमात्रै हल्लाएन, उपत्यकामा त्यसको धक्का महशुस भएको छ । कम्पनले जोडसँग हल्लाए पनि विहान ७ः३० बजेसम्म कुनै क्षतिको विवरण नआएको बताइएको छ ।
केन्द्रविन्दु राम्चे नजिकै बाह्रबीसेमा केही दिन पहिलाको पहिरो गएको थियो । केन्द्रविन्दू भनिएको राम्चे क्षेत्र नजिकै रहेको र त्याहाँको प्रहरी र स्थानीय जनप्रतिनिधिसँग बुझ्दा कुनै क्षतिको विवरण नआएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकास सापकोटाले बताए । भूकम्पले जोडले हल्लाए पछि स्थानीयहरु घर बाहिर निस्कीएका थिए ।

