भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

रियल म्याड्रिड र टोटेनहमबीच खेलाडी ट्रान्सफरका लागि सहमति

रियल म्याड्रिड र टोटेनहमबीच खेलाडी ट्रान्सफरका लागि सहमति

काठमाडौं ।  इंगलिस प्रिमियर लिगको टोटेनहम हट्सपरमा स्पेनिस क्लब रियल म्याड्रिडका डिफेन्डर सर्जियो रेगुइलोन अनुबन्धित हुने भएका छन् । म्यानचेस्टर युनाइटेडले रेगुइलोनलाई अनुबन्ध गर्ने प्रयास गरेपनि रियल म्याड्रिड र टोटेनहमबीच खेलाडीको ट्रान्सफरका लागि सहमति बनसंगै रेगुइलोनले क्लबसंग मौखिक सम्झौता गरेका हुन ।

जोसे मोउरिन्होले आफैं सम्पर्क गरेर दिर्घकालिन योजना बताएपछि रेगुइलोन सहमत भएको जनाइएको छ । २३ वर्षीय रेगुइलोन आफैंले दुई क्लबमध्य युनाइटेड रोजेका थिए । रेगुइलोनलाई टोटेनहमले ५ वर्षको लागि अनुबन्धन गर्दै थप एक वर्षको विकल्प राख्ने जनाएको छ ।

२५ मिलियन युरो टोटेनहमले रेगुइलोनका लागि खर्च गनेछ । सहमति अनुसार रियलले खेलाडी फिर्ता लिन चाहेको खण्डमा केहि प्रतिशत रकम बढाएर टोटेनहमले खेलाडी फिर्ता दिनुपर्ने शर्त राखेको छ । युनाइटेडले यो प्रावधान कुनै हालतमा स्वीकार नगर्ने बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.