भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

कर्णाली प्रदेशको उत्थानका लागि जापानमा कर्णाली प्रदेश समाज गठन

कर्णाली प्रदेशको उत्थानका लागि जापानमा कर्णाली प्रदेश समाज गठन

टाेकियाे । कर्णाली प्रदेशकाे विकासमा याेगदान पुर्याउने उदेश्यले प्रदेशबाट जापन पुगेकाहरूले कर्णाली प्रदेश समाज जापान गठन गरेका छन् । कर्णालीका विकट बस्तीबाट राेजगारी तथा अध्ययन गर्न जापान गएका युवाहरूले  आइतबार भर्चुअल भेला गरी कर्णाली प्रदेश समाज जापान गठन गरेका हुन ।

जापानका विभिन्न क्षेत्रमा कर्मथलो बनाएका कर्णाली प्रदेशका १० वटै जिल्लाका युवाहरूले समग्र कर्णाली प्रदेशको उत्थानमा थप टेवा पुर्याउनका लागि कृष्ण शाहीको संयोजकत्वमा कर्णाली प्रदेश समाज जापान गठन गरेका हुन । समाजको वरिष्ठ उपाध्यक्षमा बसन्त घर्ती मगर, उपाध्यक्षमा भीमप्रसाद न्यौपाने, महिला उपाध्यक्षमा रञ्जिता बुढाथोकी, महासचिवमा केबी टमटा, चारजना सचिव माधव थापा, ईन्द्रजित अधिकारी, नारायण न्यौपाने र हरिश्चन्द्र उपाध्याय रहेकाे टोकियोमा रहेका समाजका केन्द्रीय सदस्य वीरेन्द्र शाहीले कैलाश खबरलाइ बताए ।

उनले जापानमा रहेका नेपालीहरुको हककितका लागि कार्यसम्पादन गर्दै समग्र कर्णाली प्रदेशको विकासका निम्ति क्रियाशील रहने याेजना अनुरूप मुख्य उद्देश्य बाेकेर समाज गठन गर्नु परेकाे बताए । समाजको कोषाध्यक्षमा हिमप्रकाश थापा र सहकोषाध्यक्षमा महेन्द्र केसी रहेका छन् भने सदस्यहरुमा बिष्णु रोकाय, गौरीप्रसाद न्यौपाने, हरिबहादुर शाही, जुनकुमार रोकाय, कमल शाही, युवराज धमला, जीबन शाही, नवराज थापा, बीरेन्द्र शाही र सिर्जना रोकाय चयन भएका छन् ।

Tokiyo karnaliविदेशमा रहेर समस्यामा परेका नेपालीकाे उद्वार, भाइचारा, सहयोग, सदभाव तथा सम्बन्धलाई विस्तार गर्ने याेजनामा समाज अघि बढ्ने अध्यक्ष कृष्ण शाहीले बताए । कर्णाली प्रदेशका डोल्पा, हुम्ला, जुम्ला, मुगु, कालीकोट, सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र पश्चिम रुकुम गरी १० जिल्लाबाट जापानमा रहेका र समाजमा समेटिन छुटेकालाइ समेटेर अझ परिस्कृतरूपमा कार्य गरीने अध्यक्ष शाहीले बताए ।

 


Thali Mobile Pvt.Ltd.