भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

नगरपालिकाले जनताको सेवालाई नै पहिलो प्राथमिकतामा राखेको छ : मेयर प्रजापति

नगरपालिकाले जनताको सेवालाई नै पहिलो प्राथमिकतामा राखेको छ : मेयर प्रजापति

भक्तपुृर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले जनताको सेवालाई नै पहिलो प्राथमिकतामा राखेको बताएका छन् । भक्तपुर नगरपालिकाको नगरस्तरीय योजनाअन्तर्गत पुनःनिर्माण भएको भक्तपुर नपा वडा नं. ३ बाराहीस्थानको हनुमान (भुजू) पाटी  उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले उपभोक्ता समितिमार्फत निर्मित संरचनाहरु इस्टिमेटभन्दा कम लागतमा गुणस्तरीय ढंगले निर्माण हुने जानकारी दिए ।

उनले भक्तपुरबासी जनताको सेवा र सहयोगी भावनाले यहाँ विकास निर्माणका काम गर्न सजिलो भएको बताउदै सम्पदा पुनःनिर्माणमा कुनै पनि लापहरी र कमजोरी हुन नदिएको तर्क गरे । भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले नगरस्तरीय बजेटबाट निर्मित पाटीमा प्राप्त स्थानीय जनताको सुझाव र सहयोग अमूल्य रहेको बताए । उपभोक्ता समितिका कोषाध्यक्ष कुमार जाकिबन्जारले पाटी पुनःनिर्माणको आय—व्यय प्रस्तुत गर्दै रु. ३७ लाख १० हजार २८७ मा लागत इस्टिमेट भएको पाटीको खुद खर्च रु. २४ लाख १३ हजार १२२ रहेको जानकारीदिए ।

 


Thali Mobile Pvt.Ltd.