भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रिमियर लिगका १० जना खेलाडीलाई कोरोना संक्रमण

प्रिमियर लिगका १० जना खेलाडीलाई कोरोना संक्रमण

काठमाडौं । प्रिमियर लिगका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रिमियर लिगमा पछिल्लो साता गरिएको परिक्षणमा १० जनालाई कोरोना संक्रमण देखिएको प्रिमियर लिगले जनाएको छ । नयाँ सिजन सुरु भएपछि प्रिमियर लिगमा पहिलो पटक धेरै संख्यामा संक्रमित देखिएका हुन् । पछिल्लो चरणमा २१ सेप्टेम्बर देखि २७ सेप्टेम्बरसम्म कूल १ हजार ५९५ जना क्लबका खेलाडी र स्टाफमा कोरोना परीक्षण गरिएको थियो । त्यसमा १० जनामा कोरोना पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएकाहरुको परिचय भने खुलाइएको छैन । उनीहरु सबै अब १० दिनका लागि आइसोलेसनमा बस्नेछन् ।

प्रिमियर लिगले साप्ताहिक रुपमा २० वटै क्लबको खेलाडी र स्टाफको परीक्षण गर्दै आएको छ । गत हप्ता वेस्टहमका प्रशिक्षक डेभिड मोयससहित दुई खेलाडीमा कोरोनाको संक्रमण देखिएको थियो । त्यसलगत्तै तीनजना आइसोलेसनमा बसेका थिए । सन् २०२०र२१ को सिजन सेप्टेम्बर १२ बाट सुरु भएको छ।

 


Thali Mobile Pvt.Ltd.