भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार मंगलबार बिहानसम्ममा विश्वभर १० लाख ५५५ कोरोना संक्रमितको ज्यान गएको हो। सबभन्दा बढी संक्रमित रहेका अमेरिका मृतक संख्यामा पनि अगाडि रहेको छ। हालसम्म अमेरिकामा २ लाख ५ हजार बढीको मृत्यु भइसकेको छ। त्यस्तै ७१ लाख ४७ हजार ७५१ संक्रमित भइसकेका छन्। जसमध्ये २७ लाख ९५ हजार बराबर निको भएका छन्।

अमेरिकापछि ब्राजिलमा सबभन्दा बढी कोरोना संक्रमितको ज्यान गएको छ। हालसम्म ब्राजिलमा १ लाख ४२ हजार ५८ संक्रमितको ज्यान गइसकेको हो। संक्रमित संख्याका आधारमा तेस्रो बढी ग्रसित रहेको ब्राजिलमा हालसम्म ४७ लाख ४५ हजार ४६४ संक्रमित भइसकेका छन्। निको हुने अनुपात भने अमेरिकामा भन्दा बढी रहेको छ। हालसम्म ब्राजिलमा ४१ लाख ९७ हजार ३७२ निको भइसकेका छन्। यसैगरी भारतमा ९५ हजार ५४२ कोरोना संक्रमितको मृत्यु भइसकेको छ। दोस्रो बढी संक्रमित संख्या रहेको भारतमा ५० लाख १७ हजार बराबर निको भइसकेका छन्। भारतपछि मेक्सिको, बेलायत लगायतका मुलुकमा मृतक संख्या बढी रहेको छ।

 


Thali Mobile Pvt.Ltd.