भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रिमियर लिगमा टोटेनह्याम र वेस्ट ह्याम विजयी

प्रिमियर लिगमा टोटेनह्याम र वेस्ट ह्याम विजयी

काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्याम र वेस्ट ह्याम विजयी भएका छन् । गएराति भएको खेलमा टोटेनह्यामले वाट्फोर्डलाई १–० गोलले हराएको हो । खेलको इन्जुरी समयमा टोटेनह्यामका डेभिनसन सान्चेजले गरेको गोल नै निर्णायक भयो । जितसँगै टोटेनह्यामको १८ खेलमा ३३ अङ्क भएको छ । अङ्कतालिकामा टोटेनह्याम छैटौँ स्थानमा छ ।

वाट्फोर्ड १३ अङ्कका साथ १७औँ स्थानमा छ । अर्को खेलमा वेस्ट ह्यामले क्रिस्टल प्यालेसलाई ३–२ गोलले हरायो । जितसँगै वेस्ट ह्याम अङ्कतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । उसको २० खेलमा ३४ अङ्क छ । क्रिस्टल प्यालेस समान खेलमा २३ अङ्कका साथ ११‌औँ स्थानमा छ । इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ । हिजो भएको खेलमा सिटीले आर्सनललाई २–१ ले हरायो ।

 


Thali Mobile Pvt.Ltd.