भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

प्रिमियर लिगमा टोटेनह्याम र वेस्ट ह्याम विजयी

प्रिमियर लिगमा टोटेनह्याम र वेस्ट ह्याम विजयी

काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्याम र वेस्ट ह्याम विजयी भएका छन् । गएराति भएको खेलमा टोटेनह्यामले वाट्फोर्डलाई १–० गोलले हराएको हो । खेलको इन्जुरी समयमा टोटेनह्यामका डेभिनसन सान्चेजले गरेको गोल नै निर्णायक भयो । जितसँगै टोटेनह्यामको १८ खेलमा ३३ अङ्क भएको छ । अङ्कतालिकामा टोटेनह्याम छैटौँ स्थानमा छ ।

वाट्फोर्ड १३ अङ्कका साथ १७औँ स्थानमा छ । अर्को खेलमा वेस्ट ह्यामले क्रिस्टल प्यालेसलाई ३–२ गोलले हरायो । जितसँगै वेस्ट ह्याम अङ्कतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । उसको २० खेलमा ३४ अङ्क छ । क्रिस्टल प्यालेस समान खेलमा २३ अङ्कका साथ ११‌औँ स्थानमा छ । इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ । हिजो भएको खेलमा सिटीले आर्सनललाई २–१ ले हरायो ।

 


Thali Mobile Pvt.Ltd.