भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

प्रेस क्लबलाई एक लाख ५० हजार सहयोग

प्रेस क्लबलाई एक लाख ५० हजार सहयोग

झापा । झापाको शिवसताक्षी नगरपालिकाले सताक्षी प्रेस क्लबको अक्षयकोष स्थापनाका लागि रु एक लाख ५० हजार सहयोग उपलब्ध गराएको छ । क्लबले करीब रु १० लाखको अक्षयकोष स्थापना गरेर शुरु गरिएको कोषमा नगरपालिकाले उक्त सहयोग दिएको हो । कोषमा योसँगै अहिले रु दुई लाख २० हजार जम्मा भएको छ ।

नगरपालिकामा पुगेर क्लबमा आबद्ध पत्रकारले कोषसँगै क्लबको भवन निर्माणका लागि जग्गा व्यवस्थापन गरिदिनसमेत माग गरिएको अध्यक्ष सेलिङ केसीले बताउनुभयो । शिवसताक्षी क्षेत्रमा रहेर विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारले पाँच वर्षअघि सो क्लब स्थापना गरेका हुन् ।

सहयोग रकम प्रदान

कमल गाउँपालिकाको लायन्स क्लब केर्खाले आज अति विपन्न एक धिमाल परिवारलाई सहयोग उपलब्ध गराएको छ । ठेला चलाएर गुजारा गरी आउनुभएका वडा नं ३ का गणेशबहादुर धिमालको दुई दिनअघि मृत्यु भएपछि विचल्लीमा परेका धिमालका परिवारलाई क्लबबाट सङ्कलित नगद रु १० हजार १०० सहित खाद्यान्न तथा लत्ताकपडा प्रदान गरिएको लायन्स क्लब अफ केर्खाका अध्यक्ष अग्निप्रसाद कोइरालाले बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.