भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

कांग्रेसका शुभेच्छुक संस्थाहरूको विरोध प्रदर्शन

कांग्रेसका शुभेच्छुक संस्थाहरूको विरोध प्रदर्शन

सिमकोट । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरूले आज यहाँ मौन विरोध प्रदर्शन गरेका छन् । नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक सङ्घ, नेपाल निजामती कर्मचारी युनियन सङ्घ, नेपाल प्रेस युनियन, लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ, वित्तिय संस्था, स्कुल अफ डेमोक्रेसीलगायतका शुभेच्छुक संस्थाहरूको आह्वानमा मौन प्रदर्शन गरिएको थियो ।

पुरानो पार्टी कार्यालय काली चोकबाट निस्केको ¥याली बालमन्दिर चोक, काठेचुली, धुपी रुख, खेल मैदान, रानी वन, सनभ्याली एयरपोर्ट चोक हुँदै पुनः कालीन चोकमा आएर समापन भएको थियो । प्रदर्शनमा सहभागीहरूले प्रतिनिधसभा पुनः स्थापना गर, संवैधानिक सर्वोच्चता कायम गर, महामारीमा पनि भ्रष्टाचार, पेसाकर्मीलाई बनायो आहातजस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

समापन अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष राजन रावतले मुलुकमा राजनीतिक स्थिरताका लागि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्नेमा जोड दिनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.