भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

प्रोवीगाउँमा केन्द्रीय बिजुली, स्थानीयवासी हर्षित

प्रोवीगाउँमा केन्द्रीय बिजुली, स्थानीयवासी हर्षित

लम्जुङ । जिल्लाकै विकट गाउँमध्ये एक प्रोवीगाउँमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्दा स्थानीयवासी हर्षित भएका छन् । गण्डकी प्रदेश सरकार र मस्र्याङदी गाउँपालिकाको आर्थिक सहयोगमा ३१ घरधुरी रहेको वडा नं २ प्रोवीगाउँमा पहिलोपटक शनिबार पुग्दा यहाँका स्थानीयवासी हर्षित भएका हुन् । गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दबाडीले प्रसारण लाइनको उद्घाटन कार्यक्रममा शनिबार गण्डकी प्रदेशले प्रदेशका सबै गाउँठाउँलाई उज्यालो बनाउने उद्देश्यका साथ तीव्रगतिमा काम गरेको बताउनुभयो ।

यसअघिका सरकारले गर्न नसकेको काम केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार आएपछि ठूला–ठूला विकासले गति पाउन थालेको उहाँको भनाइ छ । जनताको अत्यावश्यकतालाई मध्यनजर गरी विकासको गति बढाएकाले ढिलो चाँडो सबै जनताले विकासको अनुभूति गर्न पाउने भएकाले सबैलाई आशावादी हुन आग्रह गर्नुभयो । गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले नागरिकको आवश्यकता पूरा गर्नका लागि तीनवटै तहको सरकार लागिपरेकाले विकासले गति लिन थालेको बताउनुभयो । वर्तमान सरकारका कारण नै यस गाउँका स्थानीयवासीले वर्षौँवर्षदेखिको उज्यालो गाउँ देख्ने सपना पूरा भएको उहाँको भनाइ छ ।

अन्धकारमा जीवनयापन गर्दै आएका यहाँका स्थानीयवासी घरघरमा बिजुली पुगेपछि धेरै खुशी भएका छन् । यसअघि टुकीको भरमा जीवनयापन गर्नुपर्दा रातिको समयमा गाउँमा कोही दुःख बिमार हुँदा, कुनै कार्यक्रमका बेला र बालबच्चाको पठनपाठनमा समेत समस्या हुँदै आएको स्थानीयवासीको भनाइ छ । अबदेखि भने मोबाइल चार्ज गर्न, टिभी, रेडियो बजाउन तथा सुन्नदेखि सूचना प्रवाह गर्नलाई समेत सहज भएको स्थानीयवासी राममाया गुरुङले बताउनुभयो । गाउँमा बिजुली पुर्याउन दुई वर्षअघिबाट काम शुरु गरे पनि विविध कारणले यतिका समय लागेको थियो बताउनुभयो । यस वडामा रु ४५ लाख ५० हजारमा राष्ट्रिय बिजुली पुगेको छ ।

सो रकममध्ये प्रदेश सरकारको रु ३५ लाख ५० हजार र गाउँपालिकाको रु १० लाख रहेको बताइएको छ । त्यस्तै वडा नं ३ जिम्दोगाउँमा समेत शुक्रबार बिजुली पुगेको छ । तामाङ समुदाय मात्र रहेको यस गाउँमा रु २९ लाख ५० हजार लागतमा बिजुली पुगेको वडाध्यक्ष प्रेमबहादुर बस्नेतले बताउनुभयो । उहाँका अनुसार गण्डकी प्रदेश सरकारको उज्यालो प्रदेश कार्यक्रमअन्तर्गतको रु २० लाख र गाउँपालिकाको रु साढे नौ लाख रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.