भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

फरार अभियुक्त पक्राउ

फरार अभियुक्त पक्राउ

कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका विभिन्न जिल्ला प्रहरी कार्यालयद्वारा सात फरार अभियुक्त पक्राउ गरिएको बताइएको छ । फरार अभियक्त पक्राउ अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेतले लेनदेन मुद्दाका एक र सार्वजनिक मुद्दाका तीन अभियुक्त पक्राउ गरेको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाबाट वन मुद्दाको एक र कर्तव्य ज्यान मुद्दाका दुई फरार अभियुक्तलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक धु्रवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ गरिएका अभियुक्तलाई सम्बन्धित जिल्ला अदालतमा बुझाइएको छ ।

त्यस्तै, वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत एकतानगर टोलस्थित भीमलाल भट्टराईको घरमा कोठा भाडामा आएका दुई युवालाई ३६० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको सहप्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार लागुऔषध बेचबिखन कारोवार गरिरहेको भन्ने सूचना पाउने वित्तिकै प्रदेश ब्यूरोको प्रहरी नायब निरीक्षक नारायण शर्माको टोलीले कारोवारस्थलमै पक्राउ गरेको थियो ।

परालमुनि प्लास्टिकको पुरियामा लुकाइछिपाइ राखेको अवस्थामा लागुऔषध ब्राउन सुगरसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । “पक्राउ पर्नेमा खजुरा गाउँपालिका–८ बाँके जिल्लामा बस्ने २८ वर्षीय सब्बिर खाँन छन्,”उहाँले भन्नुभयो, “उनीहरुबाट सेतो रङको १७ वटा नाइट्रोभेट जस्तो देखिने ट्याब्लेट र रु १७ हजार ८५० नगदसहित बरामद गरिएको छ ।” पक्राउ परेका दुबैको आवश्यक अनुसन्धान थालिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.