भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सामेल नहुन रुसको चेतावनी

फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सामेल नहुन रुसको चेतावनी

मस्को । रुसले बिहीबार स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल नहुन चेतावनी दिएको छ। सातै रुसले आफ्नो पश्चिमी भागमा दोब्बर भन्दा बढी सेना थप्ने पनि बताएको छ । रुसको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदवेदेवले चेतावनी दिदै बिहीबार टेलिग्राममा एक विज्ञप्तिमा स्थल र वायु रक्षा बलहरू बलियो बनाइने कुरा उल्लेख गरेको सीएनएन न्यूजले जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको दुई दशकको शासनकालमा सन् २००८ देखि २०१२ सम्म रुसको राष्ट्रपतिको रूपमा सेवा गरेका मेदवेदेव हालका महिनाहरूमा आक्रामक भएका छन् यद्यपि उनी शीर्ष निर्णयकर्ता भने होइनन् ।

यसबाहेक, सन् २०१८ को अमेरिकी वैज्ञानिकहरूको प्रतिवेदनले के निष्कर्ष निकालेको छ भने रूसले पोल्याण्ड र बाल्टिक राज्यहरू बीचको रुसी क्षेत्रको एक एक्सक्लेभ कालिनिनग्रादमा परमाणु हतियार भण्डारण बंकरलाई महत्त्वपूर्ण रूपमा आधुनिकीकरण गरेको हुन सक्छ। बिहीबार युक्रेनमा रुसी आक्रमण भएको ५० दिन पूरा भएको छ र मस्कोको दृष्टिकोणमा उल्लेखनीय परिवर्तन भएको छ। युक्रेनी अधिकारीहरूले पूर्वी डोनबास क्षेत्रमा रुसी सेनाले ठूलो आक्रमणको अपेक्षा गरेका केही दिनदेखि चेतानी दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.