भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

फिलिपिन्समा आँधीका कारण ९ जानाको मृत्यु, ११ बेपत्ता

फिलिपिन्समा आँधीका कारण ९ जानाको मृत्यु, ११ बेपत्ता

मनिला, । फिलिपिन्समा भीषण उष्ण तटीय आँधी कोम्पासुका कारण गएको बाढी र पहिरामा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार मृतक उत्तरी फिलिपिन्स प्रान्त र लुजोन टापु नजिकै रहेको द्वीप पलावानका बासिन्दा हुन्। एजेन्सीका अनुसार आँधीका कारण विभिन्न १५ वटा क्षेत्रमा बाढी र चार क्षेत्रमा पहिरो खसेको छ जसका कारण सडक र पुलहरू नराम्रोसँग प्रभावित भएका छन्।

आँधीले लुजोन टापुको कम्तीमा तीन क्षेत्रहरूमा १,६०० भन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ। फिलिपिन्स वायुमण्डलीय, भूभौतिकीय र खगोलीय सेवा प्रशासनले जनाए अनुसार स्थानीय समय बिहान १० बजेतिर तूफान लुजोन टापुको उत्तरपूर्वी भागमा कागायन प्रान्तको ३१५ किलोमिटर पश्चिममा देखिएको थियो।

स्थानीय प्रशासनका अनुसार उक्त तूफान पश्चिमतिरबाट उत्तर पश्चिमतिर २० किमी प्रति घण्टा चलिरहेको गतिमा थियो। साथै यसैबीच उत्तरी फिलिपिन्समा भारीका कारण पहिरो र बाढी आउँन सक्ने चेतावनी दिइएको छ। आँधीबेहरीले फिलिपिन्सलाई नराम्रोसँग सताइरहेको छ र यसले सयौंको ज्यान लिइरहेको छ भने अर्बौं डलरको नोक्सान पुर्याहएको छ।

 


Thali Mobile Pvt.Ltd.